देउवाको गृहपालिका गन्यापधुराकाे अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस पराजित भए पनि गृहपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा भने विजयी भएको छ ।
कांग्रेसतर्फबाट अध्यक्षको चुनावी मैदानमा होमिएका इन्द्रबहादुर कार्की कांग्रेस विपीका सुरेन्द्र मालीसँग फराकिलो मतान्तरमा विजयी भएका हुन् ।
विजयी कार्कीले ३ हजार ३८४ र निकटतम प्रतिद्वन्द्वी मालीले एक हजार ६०४ मत हासिल गरेका छन् ।
उपाध्यक्षमा विजयी कांग्रेसकी ज्ञानुकुमारी सेटीको पक्षमा ३ हजार १३ मत परेको छ ।
यसअघि देउवाको वडामा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार नेपाली कांग्रेस बिपीसँग पराजित भएका थिए ।
प्रतिक्रिया