महाङ्काल गाउँपालिकाको स्थगित मतगणना पुनः सुरु

ललितपुर । केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि स्थगित भएको महाङ्काल गाउँपालिकाको मतगणना पुनः सुरु भएको छ ।
मतगणनाका क्रममा कतिपय मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि गणना स्थगित गरिएको थियो । उम्मेदवार र पार्टीका प्रतिनिधिसहित छलफलले हस्ताक्षर नभएकालाई बदर गर्ने सहमति भएपछि मतगणना सञ्चालन भएको हो । शुक्रबार राति १ बजेदेखि मत गणना सुरु भएकामा बिहान ७ बजे स्थगित भएको थियो । १७ मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो ।
महाङ्काल गाउँपालिकामा जम्मा नौ सय मत गणना हुँदा नेपाली कांग्रेसका गणेश केसीको अग्रता रहेको छ । केसीले ४१७, नेकपा एमालेकी कमला तामाङको ३२४ मत र उपाध्यक्षमा नेकपा माओवादीकी डोल्मा लामाले ३८५ र नेकपा एमालेका पुरुषोतम हुमागाईंले २९२ मत ल्याएका थिए ।
वडा नं ६ ठूला दुर्लुङबाट मतगणना सुरु भएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका विनोद चौरेलले ३६९ मत र एमालेका रमण बञ्जाराले २९८ ल्याएका छन् । महाङ्काल गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार छ सय मत खसेको छ । यो ७७ दशमलव ९६ प्रतिशत हो । राति अबेर मात्रै मतपत्र आएपछि गणना सुरु भएको थियो । ललितपुरका अरू पालिकाजस्तै महाङ्कालमा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनबाट निर्वाचनमा सहभागी छन् । हाल गणना भइरहेको वडामा भने नेपाली कांग्रेस र माओवादी छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया