बाहिरी क्षेत्रमा बालेनको बर्चश्व, कोर-एरिया निर्णायक
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले फराकिले अग्रता लिएका छन् ।
बालेनले एमालेका उम्मेदवार केशव स्थापितलाई १४६५ मतले पछि पारेका छन् । बालेनले ३११० मत ल्याउँदा स्थापितले १६४५ मतमात्र ल्याएका छन् ।
कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६०२ मत ल्याएकी छिन् ।
काठमाडौं महानगरका बाहिरी क्षेत्रका पाँचवटा वडा गणना गर्दा सबैतिर बालेन अगाडि छन् ।
तर, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा गणना भएको छैन । यी सबै वडा कोर नेवार बस्ती भएका क्षेत्र हुन् । यसर्थ, यी वडा निर्णायक हुने अनुमान गरिएको छ । यी वडामा पनि सन्तुलित मत ल्याए बालेन विजयी हुनेछन् ।
यी क्षेत्रमा पनि बालेनले सन्तुलित मत ल्याउने विभिन्न सर्वेक्षणले देखाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया