काठमाडौं–१ मा एमालेका वडाध्यक्षले विजयी खाता खोले

काठमाडौं । काठमाडौं महानगरपालिका– १बाट नेकपा एमालेले विजयी खाता खोलेको छ ।
वडाध्यक्ष र एक सदस्य पद जितेको निर्वाचन आयोगका जानकारी दिएको छ । आयोगका अनुसार एमालेको वडाध्यक्षका उम्मेदवार भरतलाल श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठ ६२२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार किरण श्रेष्ठले ५९८ मत पाए । एक सदस्यमा एमालेका उम्मेदवार रसला तण्डुकार ७५९ मत ल्याइ विजयी भएकी छन् ।
यो वडामा एमाले, कांग्रेस, स्वतन्त्र उम्मेदवार केशव स्थापित, सिर्जना सिंह र बालेन शाहले क्रमशः ३६५, ५५१ र ७८३ मत पाएको आयोगले जनाएको छ ।
प्रतिक्रिया