खाद्य चुनौतीको सम्बोधन गर्न अमेरिका र इयुले संयुक्त संयन्त्र बनाउने
वाशिंटन । युक्रेनमा जारी द्वन्द्वको बीचमा सम्भावित विश्वव्यापी खाद्य चुनौतीहरूको प्रतिक्रिया विकास गर्न अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् (टीटीसी) भित्र नीतिगत संवाद स्थापना गर्न लागेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले पत्रकारलाई जानकारी दिएका छन् ।
अमेरिका, युरोपेली आयोग, र युरोपेली काउन्सिलद्वारा ट्रान्सएट्लान्टिक व्यापार र लगानी प्रवर्द्धन गर्न गत गृष्ममा स्थापित युस-इयु टिटिसीले पेरिस, फ्रान्सनजिकैको सेगवे टेक्नोलोजी हबमा मे १५-१६ सम्म आफ्नो दोस्रो मन्त्रीस्तरीय बैठक गर्दैछन् ।
‘युस-इयु टिटिसी ले युक्रेनमा रुसी आक्रमणका कारण उत्पन्न भएको विश्वव्यापी खाद्य सुरक्षा चुनौतीहरूको प्रतिक्रिया विकास गर्ने उद्देश्यले नीतिगत संवाद स्थापना गर्दैछौं’ अधिकारीले भने ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया