राजा महेन्द्रको कविताको धज्जी उडाउँथे ताना शर्मा

तारानाथ शर्मा त्योबेला १०/१२ वर्षका थिए । संस्कृत भाषा पढदै थिए । रुद्री, चण्डी, कौमुदी मात्र होइन, अमरकोष पनि पढन थालिसकेका थिए ।
यति पढेपछि उनले ठाने, म त धेरै विद्वान नै भएँ । एक दिन आफ्नो जन्मथलो इलामको बरबोटेनजिकै बिब्ल्याँटेमाथिको डाँडामा सुसेली हाल्दै हिँडिरहेको बेला उनले बाटोमा एउटा कागजको चिर्कटो फेला पारे । त्यसमा केही लेखिएको थियो ।
के लेखेको रहेछ भनेर पढ्न खोजेको, फिटिक्कै पढ्न सकेनन् । संस्कृतका एकसेएक श्लोक फरर भन्नसक्ने उनलाई त्यो कागजको चिर्कटोमा लेखेको पढन नसक्दा कम्ता चित्त दुःखेन । पर्नु पीर पर्यो । अनि छेउकै ढुंगामा बसेर धुरुधुरु रुन थाले ।
ठीक त्यसैबेला पल्टनबाट एकजना लाहुरे आइरहेका थिए । उनले तारानाथलाई रोइरहेको देखे । तारानाथले भने, ‘यसमा लेखेको कुरा मलाई पढ्न नै आएन, मैले यत्रो संस्कृत पढेको के काम लाग्यो र ?’
नाट्यसम्राट बालकृष्ण समको ‘चिसो चुल्हो’लाई उनले हाकाहाकी ‘झुसिलोको डकार’ भनेर लेखिदिए । कहाँसम्म भने मबिबि शाह (राजा महेन्द्र) को कवितालाई चोरीको आरोपसमेत लगाए । यसबापत उनी जेल पनि परे । कालान्तरमा राजाकै कृपाले उनी जेलमुक्त पनि भए
ती लाहुरेले भने, ‘अरे क्यानाम, यो त संस्कृत भाषामा होइन, अंग्रेजी भाषामा लेखिएको छ, यो बुझ्न त क्यानाम अंग्रेजी पढ्नुपर्छ ।’
तिनै लाहुरेको प्रेरणाले तारानाथले घरमै अंग्रेजीको ‘एबिसिडी’ पढ्ने मौका पाए । दार्जिलिङ र खस्र्याङसम्म गएर अंग्रेजी पढे । सुरुमा घरमै पढ्दा उनले अंग्रेजीमा ‘तारानाथ’ लेख्न सिकिसकेका थिए, तर थर उपाध्याय या भण्डारी लेख्नचाहिँ आएन ।
फेरि एकजना अर्का लाहुरेले सल्लाह दिए, ‘अंग्रेजीमा भण्डारी र उपाध्याय लेख्न गाह«ो हुन्छ, बरु शर्मा लेख्ने गर, सजिलो हुन्छ ।’
नभन्दै केही दिनमै उनले आफ्नो थर ‘शर्मा’ लेख्नसक्ने भए । त्यही दिनदेखि भाषा र साहित्यका यी महान् साधक र सेवकको नाम ‘तारानाथ शर्मा’ रहन गयो, जो नेपाली वाङ्मय क्षेत्रमा ‘ताना शर्मा’का नामले प्रख्यात छ ।
यिनै प्रखर समालोचक, नियात्राकार, अनुवादक, विश्व साहित्यका विद्यार्थी, कवि, गीतकार र निबन्धकार डा. तारानाथ शर्मा अब रहेनन् । डिमेन्सिया, मधुमेह आदि रोगबाट थिलोथिलो भएका उनको भौतिक शरीर पञ्चतत्त्वमा विलीन भइसकेको छ । तर उनका कृति नेपाली भाषा साहित्यको अनुपम धरोहरका रूपमा लाइबेरीमा मात्र होइन, पाठकको हृदयमा सदा सुरक्षित रहनेछन् ।
नेपाली र अंग्रेजी दुवैमा पोख्त
वि.सं. १९९१ असार ९ गते इलामको बरबोटेमा जन्मिएका तारानाथ शर्माले दार्जिलिङबाट प्रवेशिकासम्मको पढाइ पूरा गरे । उनका गुरुहरू पनि एकसेएक साहित्यकार । नेपाली साहित्यका त्रिमुर्ति ‘सुधपा’ अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमाणि प्रधानजस्ता गुरुहरूको संगतका कारण तारानाथको साहित्य चेत झन् प्रखर हुँदै गयो ।
ताना शर्माले नेपाली भाषा साहित्यमा दिएको ऐतिहासिक देन भनेको झर्रोवादी आन्दोलन नै हो । यो त्यतिबेलाको प्रसंग हो, जतिबेला नेपाली भाषामा हिन्दी भाषाको प्रभाव बढ्दै गइरहेको थियो
यसैको प्रतिफल उनको उपन्यास ‘उनी ओझेल पर्दा’ २०२३ मा प्रकाशित भयो । यसै वर्ष उनको अर्को उपन्यास ‘मेरो कथा’ प्रकाशित भयो । यसैगरी उनका उपन्यासहरु ‘सुली’ (२०३०) ‘झझल्को’ (२०३५) र ‘नेपालदेखि अमेरिका’ का (२०४८) प्रकाशित छन् ।
२०२६ सालमा चर्चित नियात्रा ‘बेलाइततिर बरालिँदा’का लागि उनले मदन पुरस्कार पाए । नेपाली नियात्रा लेखनमा यो कृति कोशेढुंगो सावित भएको छ । त्यसैगरी, ०४२ सालमा अमेरिका बस्दाको अनुभव उनले ‘पाताल प्रवास’ कृतिमा रोचक ढंगले वर्णन गरेका छन् ।
नेपाली भाषा र साहित्यमा मात्र होइन, अंग्रेजी भाषामा पनि उनी उत्तिकै दखल राख्थे । खासगरी, अंग्रेजी लेखन र अनुवादमा उनी माहिर थिए । ‘कलमस अफ फायर’ (लेखहरूको संग्रह), चाँदनी शाहले लेखेका कविताहरू, नासो (गुरु प्रसाद मैनालीका छोटो कथाहरू) र सुम्निमा (बीपी कोइरालाको उपन्यास)को नेपालीबाट अंग्रेजीमा अनुवाद गरेर उनले नेपाली साहित्यलाई अंग्रेजी पाठकसम्म पुर्याए ।
झर्रोवादी अभियन्ता
ताना शर्माले नेपाली भाषा साहित्यमा दिएको ऐतिहासिक देन भनेको झर्रोवादी आन्दोलन नै हो । यो त्यतिबेलाको प्रसंग हो, जतिबेला नेपाली भाषामा हिन्दी भाषाको प्रभाव बढ्दै गइरहेको थियो । बनारसमा पढेर आएकाहरूले नेपाली भाषामा हिन्दी शब्द र शैली छेपन गर्न थालेका थिए । ०१३ सालमा बनारसमा पढ्दै गर्दा तारानाथ शर्मालाई नेपाली भाषामा हिन्दी र संस्कृत भाषाको प्रभाव र पकड बढ्दै गएको देखेर खल्लो महसुस हुन थाल्यो ।
बनारसमै बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालहरूसँग मिलेर उनले मौलिक नेपाली भाषाको विकासका लागि झर्रोवादी अभियान सुरु गरे । नेपाली भाषामा संस्कृत, हिन्दी र अन्य भाषा प्रयोग नगरी ठेट नेपाली झर्रो शब्दहरूको बढी प्रयोग गरेर लेख्ने एकखालको अभियान चल्यो ।
लेखनका प्रारम्भिक चरणमा उनी मार्क्सवादबाट प्रभावित थिए । ‘घोत्ल्याइँहरू’ र ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’जस्ता समालोचनात्मक पुस्तकमा उनले मै हुँ भन्ने साहित्यकारको धतुरो झारेका छन्
यही आन्दोलनको प्रतिफल नेपाली भाषाको मौलिक परिशुद्ध विकासले गति लिन थाल्यो । झर्रोवादी अभियानकै प्रभावस्वरूप उनले ‘नमस्ते’ (२०१८), ‘जमर्काहरू’ (२०२५) र ‘जीवन छल’ (२०३०) लेखे ।
अग्निवर्षक समालोचक
लेखनका प्रारम्भिक चरणमा उनी मार्क्सवादबाट प्रभावित थिए । ‘घोत्ल्याइँहरू’ र ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’जस्ता समालोचनात्मक पुस्तकमा उनले मै हुँ भन्ने साहित्यकारको धतुरो झारेका छन् । बरु उनले ‘पश्चिमका केही महान् साहित्यकारहरु’ लेखेर ओझेलमा परेका साहित्यकारहरूलाई प्रोत्साहित गरे ।
सन् १९५१ मा दार्जिलिङबाट प्रकाशित हुने साहित्यिक पत्रिकामा प्रकाशित आलोचनात्मक लेखबाट साहित्यिक यात्रा थालेका तारानाथको आलोचनात्मक चेत बडा प्रखर थियो । हकी स्वभावका पनि थिए उनी । साहित्यका एकसेएक महारथीलाई पनि उनी आलोचना गर्न चुक्दैनथे । नाट्यसम्राट बालकृष्ण समको ‘चिसो चुल्हो’लाई उनले हाकाहाकी ‘झुसिलोको डकार’ भनेर लेखिदिए । कहाँसम्म भने मबिबि शाह (राजा महेन्द्र) को कवितालाई चोरीको आरोपसमेत लगाए । यसबापत उनी जेल पनि परे । कालान्तरमा राजाकै कृपाले उनी जेलमुक्त पनि भए ।
सत्ताको चाकडी गर्ने मामिलामा पनि उनी माहिर नै थिए । तिनताक मुमा वडामहारानी रत्नले लेखेको एउटा सामान्य भजनकै प्रशंसामा उनले सिंगै किताबै लेखिदिएका थिए र प्रकाशित भएको पनि थियो
साहित्यकार पारिजातलाई समेत उनले आलोचनाको तीर हान्न बाँकी राखेनन् । उनले एक पटक लेखिदिए, ‘पारिजातले त्यस्तो प्रशंसा गर्नुपर्ने गद्यको रचना गरेको मलाई थाहा छैन । शङ्कर लामिछाने, भूपी शेरचन आदि प्रतिभासम्पन्न स्रष्टाहरूले उनका रचनाहरू लेखिदिएका हुन्थे र उनीचाहिँ तिनैलाई साफी गरी आफ्ना नाउँमा छपाउँथिन् ।’
डा. त्रिपाठीसँगको टकराव
अमेरिकाको एक विश्वविद्यालयबाट भाषा विज्ञानमा पिएचडी गरेका तारानाथ शर्माले नेपाल र विदेशमा भाषा विज्ञान, नेपाली संस्कृति र साहित्य पढाए । दुई वर्षसम्म उनी ‘द राइजिङ नेपाल’ को प्रधान सम्पादक पनि भए ।
केही वर्ष उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापक रहे । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागबाट उनी नेपाल कमर्स क्याम्पसमा पढाउन थाले । केही समयपछि एक प्राइमरी स्कुलको प्रिन्सिपल पनि भए । टेन प्लस टूका पनि प्रमुख भए ।
त्रिविमा रहँदा साहित्यकार एवं प्राध्यापक डा. वासुदेव त्रिपाठीसँग उनको मतभेद भयो । बोलचाल नै बन्द भयो । उनीहरू एउटै मञ्चमा कुनै पनि सभा समारोहमा देखिएनन् । ०४३ सालमा समालोचक रामकृष्ण शर्माको भारतमा निधन भएपछि गोष्ठी नेपालले आयोजना गरेको शोकसभामा भने उनीहरू दुवै जना एउटै मञ्चमा सहभागी भएका थिए ।
उनले एक पटक लेखिदिए, ‘पारिजातले त्यस्तो प्रशंसा गर्नुपर्ने गद्यको रचना गरेको मलाई थाहा छैन । शङ्कर लामिछाने, भूपी शेरचन आदि प्रतिभासम्पन्न स्रष्टाहरूले उनका रचनाहरू लेखिदिएका हुन्थे र उनीचाहिँ तिनैलाई साफी गरी आफ्ना नाउँमा छपाउँथिन्
कुनै न कुनै अतिवादी र अपाच्य कुरा गरेर विवादमा आउनबाट पनि उनी चुकेनन् । पाठ्यक्रममा राख्न कवि शिरोमणि लेखनाथ पौड्यालको कविता अयोग्य भएको भन्दै भाषण गर्दै हिँडन थाले । लोकप्रिय कवि शिरोमणिको कविताको यस्तो अवमूल्यन कसैलाई मन परेन ।
तारानाथले कवि शिरोमणिका कवितालाई अयोग्य ठान्नुका पछाडि डा. वासुदेव त्रिपाठीसँगको उनको व्यक्तित्त्वको टकराव र इष्र्या नै कारण थियो । किनकि, डा. त्रिपाठीले ‘कवि शिरोमणि लेखनाथको कवित्त्व, मूल्याङ्कन र विश्लेषण’ शीर्षकमा विद्यावारिधि गरेका थिए । र, त्यो थेसिस प्रकाशित भएपछि त्यसले मदन पुरस्कार प्राप्त गरेको थियो । डा. त्रिपाठीलाई परोक्ष रूपमा दनक दिन उनले कवि शिरोमणिको आलोचना गरेका थिए ।
कहिले पञ्च, कहिले कांग्रेस
यिनै तारानाथले कुनै बेला पद्मकन्या कलेजमा रानी ऐश्वर्यलाई पनि पढाएका थिए । रानी ऐश्वर्यले आफ्ना गुरु तारानाथलाई आफू अध्यक्ष रहेको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा सदस्य बनाइन् । सत्ताको चाकडी गर्ने मामिलामा पनि उनी माहिर नै थिए । तिनताक मुमा वडामहारानी रत्नले लेखेको एउटा सामान्य भजनकै प्रशंसामा उनले सिंगै किताबै लेखिदिएका थिए र प्रकाशित भएको पनि थियो । यो हर्कतप्रति चाहिँ तारानाथले प्रगतिशील साहित्यकारहरूको चर्को आलोचना खेप्नु परेको थियो ।
कुनै न कुनै अतिवादी र अपाच्य कुरा गरेर विवादमा आउनबाट पनि उनी चुकेनन् । पाठ्यक्रममा राख्न कवि शिरोमणि लेखनाथ पौड्यालको कविता अयोग्य भएको भन्दै भाषण गर्दै हिँडन थाले । लोकप्रिय कवि शिरोमणिको कविताको यस्तो अवमूल्यन कसैलाई मन परेन
पञ्चहरूको स्तुति गाउने क्रममै तारानाथ पञ्चायत नीति तथा जाँचबुझ केन्द्रसँग पनि निकट रहे । राजा वीरेन्द्रका तत्कालीन सचिव नारायणप्रसाद श्रेष्ठलाई उनले जनक शिक्षा सामाग्री केन्द्रको स्कुले पाठ्यक्रम लेख्ने अवसर दिए । कहाँसम्म भने उत्कृष्ट पाठ्यपुस्तक लेखक भनेर नारायणप्रसाद श्रेष्ठसँगै तारानाथलाई पनि विशेष पुरस्कार दिइयो ।
पञ्चायतकालमा पञ्च बनेका डा. तारानाथ बहुदल आएपछि भने कांग्रेस बने । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई राइजिङ नेपालको प्रधान सम्पादक बनाएका थिए । कुनै बेला घरको कोठामा राजा महेन्द्रको फोटो राख्ने उनले सम्पादक भएपछि आफ्नो कार्यालयमा बीपीको फोटो राख्न थाले ।
लेख्ने मामिलामा जोसिला तारानाथले लेखेको र राइजिङ नेपालमा प्रकाशित एउटा लेख विवादमा आयो । संसदमा बयान दिन जानुपर्यो । उनी राइजिङ नेपालको प्रधान सम्पादकबाट हटे । यही झोकमा उनले एमालेको मुखपत्र ‘बुधबार साप्ताहिक’मा ‘नेपाली कांग्रेस राष्ट्रघाती, भ्रष्टाचारी’ भन्दै अन्र्वार्ता दिए ।
‘तेरो बाउको घरमा’
यो ०४७ सालको प्रसंग हो । भर्खर बहुदल आएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूलाई राजीनामाका लागि नैतिक दबाब दिन आयोजित समारोहमा उनले भने, ‘यो देशलाई मण्डलेहरूले बिगारेका हुन् ।’
दरबारिया मण्डलेहरूको चाकडीमा लिप्त रहेका तारानाथले यस्तो भनेपछि कसैले भन्यो, ‘मण्डलेहरूले देश बिगारिरहँदा तपाईंचाहिँ कहाँ हुनुहुन्थ्यो ?’ तारानाथले झोक्किँदै भने,‘तेरो बाउको घरमा’
दरबारिया मण्डलेहरूको चाकडीमा लिप्त रहेका तारानाथले यस्तो भनेपछि कसैले भन्यो, ‘मण्डलेहरूले देश बिगारिरहँदा तपाईंचाहिँ कहाँ हुनुहुन्थ्यो ?’
तारानाथले झोक्किँदै भने, ‘तेरो बाउको घरमा ।’
तारानाथको यस्तो बोलीको चर्को आलोचना भयो । अन्ततः उनले माफी मागे ।
यस्ता झोकी–हकी स्वभावका बाबजुद तारानाथले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुर्याएको योगदान भने अतुलनीय छ । मानिसको स्वभाव बेग्लै हुन्छ, साधना र सिर्जना बेग्लै । स्वभाव अलि अनौठो भए पनि उनको साधना र सिर्जनाचाहिँ परिशुद्ध छ ।
यसै कारण आफ्नो चर्चित नियात्रा संग्रह ‘घनघस्याको उकालो काट्दा’मा झै उनले जीवन र साहित्यको घनघस्याको उकालो चढे र शिखरमै पुगे । तर, जीवन सधैं शिखरमा रहिरहँदैन, ओरालो पनि झर्छ । तारानाथ घनघस्याको ओरोलो मात्र झरेनन्, बेसीनजिकको बागमती नदीमा उनको अस्तु विलीन भइसकेको छ । भाषा र साहित्यको एउटा झर्रोवादी तारा अस्ताएको छ ।
हार्दिक श्रद्धाञ्जली !
प्रतिक्रिया