भरतपुरको मेयरमा रेनु दाहाल विजयी, औपचारिक घोषणा हुन बाँकी
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । दाहालले ५१ हजार ११२ मत कटाउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । निर्वाचन कार्यलयले विजयी उम्मेदवारको औपचारिक घोषणा गर्न बाँकी छ ।
त्यस्तै उपमेरयमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५१ हजार ९०३ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २० हजार ३३६ मत पाएकी छिन् । अब १७२४ मत गन्न बाँकी छ । अहिले २८ र २९ वडाको मतगणना जारी रहेको निर्वाचन कार्यलय चितवनले जनाएको छ । भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ जनाले मतदान गरेका थिए ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया