पूर्वरुसी जासूस मारेको अभियोग लागेका कोभटुनको मृत्यु
एजेन्सी । सन् २००६ मा लन्डनमा रूसका पूर्वजासूस अलेक्ज्याण्डर लिट्भिनेन्कोलाई विष ख्वाएर मारेको अभियोग लागेका रुसी जासूस दिमित्री कोभटुनको ५७ वर्षको उमेरमा मृत्यु भएको छ ।
बेलायतका अधिकारीहरूले लिट्भिनेन्कोको हत्याको आरोप लगाएका रुसी सांसद आन्द्रेई लुगोभोईले कोभटुनको मस्कोको एक अस्पतालमा मृत्यु भएको बताएका हुन् ।
कोभटुन र लुगोवोईले लिट्भिनेन्कोको हत्या गरेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई अनुमोदन गरेको निष्कर्ष बेलायती अनुसन्धानले निकालेको छ भने मानव अधिकारसम्बन्धी युरोपेली अदालतले पनि बेलायती निष्कर्षको समर्थन गरेको छ । यद्यपि क्रेमलिनले आफ्नो संलग्नताको अस्वीकार गरेको छ ।
केजीबी र उसको उत्तराधिकारी एजेन्सी एफएसबीका पूर्वएजेन्ट लिटभिनेन्को सन् २००० मा रूसबाट भागेर लन्डन पुगेका थिए । उनले रूसी गुप्तचर सेवामा व्याप्त भ्रष्टाचार र सङ्गठित अपराधसँगको सम्बन्धको पर्दाफास गरेका थिए ।
नोभेम्बर २००६ मा लन्डनको एक होटलमा दुई रूसी पुरुषहरूसँग चिया पिएपछि नराम्ररी बिरामी भएका उनको तीनहप्ता पछि मृत्यु भएको थियो । उनले पिएको चियामा रेडियोएक्टिभ पोलोनियम–२१० मिसाइएको पाइएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया