मानवीय सहायता मार्ग खोल्नका लागि पहल गरेको युक्रेनको भनाइ
किएभ । युक्रेनले यहाँबाट सामग्री निर्यातका लागि मार्ग खोल्ने प्रक्रियाका लागि पहल थालेको बताएको छ ।
यहाँका अधिकारीले दिएको जानकारीअनुसार यस अघिदेखि नै युक्रेनले आफ्ना उत्पादनलाई निर्यात गरी बाहिर पठाउने पहलका लागि आग्रह गरिरहेको थियो । युक्रेनका विदेशमन्त्रीले मङ्गलबार यस विषयमा जानकारी दिएका छन् ।
विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, युक्रेनका आफ्ना कृषिजन्य उत्पादनलाई निर्यात गरेर बाहिर पठाउने प्रयोजनका लागि संयुुक्त राष्ट्रसङ्घसँग मानवीय सहायतासम्बन्धी मार्ग खोल्ने विषयमा पहल गरिएको छ ।
उनले भनेका छन्, युक्रेनले अहिले आफ्ना सबै पहल यहाँका कृषि उपजको निर्यातका विषयमा केन्द्रित गरिरहेको छ, विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनले यसअघिदेखि नै विश्वका कतिपय देशमा खाद्यान्न ट्रक, रेल तथा सामुद्रिक यातायातबाट पनि आपूर्ति गरिरहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनको बन्दरगाहमा भएको अवरोधका कारण विश्वमा नै खाद्यान्न अभाव हुने बताइएको छ । रुसले युक्रेनमा गरेको हमलाका कारण यहाँको बन्दरगाह तथा आपूर्ति मार्गमा अवरोध पुगेको छ ।
त्यसैले युक्रेनले मानवीय सहायताका सामग्रीको आयात तथा निर्यातका लागि मार्ग खोल्न सहयोग गर्नुपर्ने बताएको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया