पार्लरमा ५० हजारको मेकअप गरेर पैसा नै नतिरी आमा छोरी फरार
काठमाडौं । आमा छोरीले ५० हजारको मेकअप गरेर पैसा नै नतिरी भागेका छन् । बेलायतको एक पार्लरमा दुवै जनाले महंगो ट्रिटमेन्ट गराएर पैँसा नतिरी धोका दिएर पार्लरबाट फरार भएका हुन् ।
पार्लर सञ्चालकका अनुसार दुवैले पार्लरको मंहगो ट्रिटमेन्ट गराएका थिए । यो ट्रिटमेन्टका लागि उनीहरुले पहिलादेखि नै बुकिङ गरेका थिए ।
आमा छोरीले पार्लरकी सञ्चालक जेड एडम्सलाई धोका दिन बुद्दिमानी चाल चलेका थिए । मेकअप पछि आमा प्रतीक्षा कक्षमा बसेर छोरीलाई पर्खिरहेकी थिइन् ।
छोरी पनि मेकअप सकेर पैसा तिर्न आमालाई बोलाउने बहानामा प्रतिक्षा कक्षमा पुगिन् । उनीहरुले पार्लर सञ्चालकलाई शंका नहोस भनेर खाली पर्स पार्लरमै छोडेर भागेका हुन् ।
एडम्सले ठगी मुद्दामा प्रहरीमा उजूरी दिएकी छन् । मेकअपको समयमा उनले ती दुवै आमा छोरीको तस्बिर लिएकी थिइन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया