पाकिस्तानमा एक महिनामा १५७ महिला अपहरित
काठमाडौं (एजेन्सी) । पाकिस्तानमा जुन महिनामा १५७ जना महिला अपहरित भएका छन् ।
सोही अवधिमा ९१ महिलामाथि बलात्कार भएको विवरण पनि हालै सार्वजनिक भएको एक प्रतिवेदनमा उल्लेख छ ।
दिगो सामाजिक विकास सङ्गठन (एसएसडिओ) र अनुसन्धान, विकास र सञ्चार केन्द्रले तयार पारेको प्रतिवेदनमा महिला विरुद्धका हिंसा बढेको देखिएको छ ।
हिंसाको अवस्था र सङ्ख्याको गुणात्मकता नकारात्मक भएको देखिएको छ, प्रतिवेदनमा लेखिएको छ ।
जुन महिना भरीमा १८० बालबालिकामा यौनजन्य तथा भौतिक हिंसाका घटना भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
बालबालिका माथि भएका ९३ दुर्व्यवहारका घटना मध्ये ६४ ओटा अपहरणका घटना र ३७ ओटा भौतिक आक्रमणका घटना भएको जनाइएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया