जापानमा रहेका प्रचण्डले आफूले चुनाव लड्ने क्षेत्रबारे स्पष्ट पारे
काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न संसदीय चुनावमा आफूले आफ्नै गृहनगरबाट उठ्ने बताएका छन् ।
पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा उनले यसअघि चुनाव जितेको क्षेत्र चितवन ३ बाटै चुनाव लड्ने घोषणा गरेका हुन् ।
प्रचण्डलाई पत्रकारले कास्की वा चितवनमध्ये कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए ।
त्यसको जवाफमा प्रचण्डले भने, ‘म अन्तबाट होइन, चितवनबाटै लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु ।’
यसअघि प्रचण्ड चितवनबाट नभइ अन्य ठाउँबाट चुनाव लड्दैछन् भन्ने हल्ला आइरहेको थियो । यसलाई चिर्दै प्रचण्डले स्पष्ट पारेका हुन् ।
निर्वाचन क्षेत्रको दोधारमा प्रचण्ड : चितवन बस्लान् कि रुकुम-रोल्पा पस्लान् ?
प्रचण्ड र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता (४ तस्बिरसहित)
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया