पूर्वी जेरुसेलममा एक प्यालेस्टिनीको हत्या
जेरुसेलम । इजरायली सुरक्षाबलले सोमबार बिहान पूर्वी जेरुसेलममा अवस्थित एक घरमा छापा मार्ने क्रममा आफ्ना अधिकारीहरूलाई छुरा प्रहार गर्ने एक प्यालेस्टिनी व्यक्तिलाई मारेको बताएको छ ।
हाम्रा लडाकूहरूलाई छुरा प्रहार गर्ने एक संदिग्ध व्यक्तिलाई पुलिसले गोली प्रहार गरेको छ । मारिएका ती व्यक्ति २१ बर्षीय मोहम्मद अल–शाहम, पहिचान भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जानकारी दिएको छ ।
ती व्यक्तिको इजरायली सैन्य अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेरुसेलम सीमा प्रहरीले काफ्र अकाब गाउँमा हतियारहरू खोजीका क्रममा छापा मारेको थियो ।
यो इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलमको हिस्सा हो । मारिएका व्यक्तिका बुवा, इब्राहिम अल–शाहमले छोराको टाउकोमा गोली हानेको बताएका छन् ।
उनको मृत्युको घोषणा गर्नुअघि ४० मिनेटको लागि भुइँमा रगत बगाएर छोडेका बुवा इब्राहिमले दाबी गरेका छन् । प्रहरीले घरमा हतियार फेला पारेको हो वा होइन यस विषय केही जानकारी नभएको जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया