सोमालियामा थप १७ लडाकू मारिए
मोगादिसू । सोमालियामा थप १७ लडाकू मारिएका छन् । सुरक्षाकर्मीको कारबाहीका क्रममा बिहीबार उनीहरू मारिएको अधिकारीले जनाएका छन् ।
मारिएका सबैजना अल शबाब समूहका लडाकू भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तीव्र रुपमा जारी रहेको जनाएको छ । देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूह विरुद्धको कारबाही चलाइएको हो ।
सोमालियामा यस वर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तीव्रता र प्राथमिकता दिइएको अधिकारीहरूले जनाएका छन् । सुरक्षाकर्मीहरुले लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ ।
त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरूलाई सो समूहले आक्रमण गरेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया