संघीय निजामती ऐन अब नयाँ संसदबाट

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्यादाविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन फास्ट ट्रयाकमा ल्याउने तयारी गरे पनि विफल भएको छ ।
सो विधेयकमा प्रस्ताव गरिएका कतिपय प्रावधान संविधानप्रतिकूल र कर्मचारीमैत्री नभएपछि तत्काल आउने सम्भावना टरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अधिकारीले अब सो कानून आगामी ४ मंसिरको निर्वाचनपछि बन्ने नयाँ संसदबाट मात्रै आउने बताएका छन् ।
‘जारी संसदबाट सो विधेयक स्वीकृत हुने सम्भावना करिब करिब टरेको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।
हाल संसदको बजेट अधिवेशन चले पनि अब यो समाप्तितर्फ अघि बढेको छ । संघीय निजामती विेधयकले अझै लामो प्रक्रिया पूरा गर्नुपर्ने भएको र सत्तारुढ दलबीचमै सहमति हुन नसकेकाले जारी संसद अधिवेशनबाट पारित हुने सम्भावना अन्त्य भएको हो । राजधानी दैनिकमा खबर छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया