सात दिनभित्र कर नतिरे यी सात क्यासिनोलाई गर्दैछ महानगरले कारबाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र कर नतिरे विभिन्न सातवटा क्यासिनोलाई कारबाही गर्ने चेतावनी दिएको छ । एक साताभित्र मनोरञ्जन कर तिर्न तागेता गर्दै महानगरले सातवटा क्यासिनोलाई आइतबार पत्राचार गरेको हो ।
महानगरले पत्राचार गरेका क्यासिनोमा होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल ¥याडिसनको क्यासिनो ¥याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली छन् ।
‘वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरूले चार वर्षदेखि तिरेको छैन,’ पत्रमा महानगरको राजश्व विभागले भनेको छ ।
हेरौं महानगरको पत्र :

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया