पल शाहलाई साढे दुई वर्षको कैद सजाय

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बाल यौन दुराचारको कसुरमा साढे दुई वर्षको कैद सजाय सुनाएको छ ।
साथै, उनलाई २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति सजायसमेत सुनाइएको अदालत स्रोतले जनाएको छ ।
अभिनेता शाहले जबर्जस्ती करणी मुद्दामा भने सफाइ पाएको बताइएको छ ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलिरहेको थियो ।
प्रतिक्रिया