न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता
काठमाडौं (एजेन्सी) । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।
प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन् । त्यसैगरी अन्य छ जनाको भने उद्धार गरिएको छ ।
उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन्।
काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया