NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

जो १० वर्षदेखि समानुपातिक सांसद छन्

काठमाडौं । प्रमुख निर्वाचन प्रणालीबाट मात्रै नेपाली समाजको विविधता राजनीतिक प्रतिनिधित्वमा नसमेटिएपछि त्यसमा सुधार ल्याउन भन्दै १५ वर्षअघि लागू गरिएको समानुपातिक प्रणालीमा विकृति बढेको छ । शक्ति, पहुँच र पैसाका आधारमा समानुपातिक उम्मेदवार बन्नेदेखि एकै व्यक्तिलाई बारम्बार दोहोर्याएर संसद् प्रवेश गराउनेसम्मका प्रवृत्ति यसबीच देखिएका छन् । समानुपातिक प्रणाली लागू भएयताका तीनवटा निर्वाचनमा ६१ जना सांसद दोहोरिएर संसद् पुगेका छन् ।

कांग्रेसकी सुजाता कोइराला, चित्रलेखा यादव, सुजाता परियार, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, सुवर्ण ज्वारचन र सरवत आरा खानम १० वर्षदेखि लगातार समानुपातिक सांसद छन् ।

कांग्रेसकी मीनाक्षी झा त अझै ०६४ देखि हालसम्म लगातार समानुपातिक सांसद छिन् ।

माओवादी केन्द्रकी रेखा शर्मा र लोसपाकी निर्जला राउत पनि त्यस्ता भाग्यमानी हुन्, जो प्रत्यक्ष निर्वाचन नलडी १० वर्षदेखि समानुपातिकतर्फ सांसद छन् । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष