सहायताको अभावमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मृत्यु
काठमाडाैं । बाढी प्रभावित पाकिस्तानको खैरपुर जिल्लामा समयमै चिकित्सा सहायता र राहत सामग्रीको अभावमा शनिबार एक आमा र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ ।
सडकमा बाढीको पानीका कारण महिलालाई अस्पताल पु-याउन नसक्दा खैरपुर जिल्लाको अकारी गाउँमा उक्त घटना भएको एआरवाई समाचारले जनाएको छ । हालै, संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) ले पनि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूमा करिब छ लाख ५० हजार गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चिन्ता व्यक्त गरेको छ ।
अर्को महिना सुत्केरी हुने अनुमान गरिएका ७३ हजार महिलाहरूलाई दक्ष स्वास्थ्यकर्मीलगायत नवजात शिशुको हेरचाह र सहयोगको आवश्यकता पर्ने संयुक्त राष्ट्रसङ्घ एजेन्सीले थप जानकारी दिएको एआरवाई समाचारले जनाएको छ ।
पाकिस्तानमा विनाशकारी बाढीकाबीच, महिलाहरु र उनीकोहरुको आवश्यकताहरु कठिडनाईमा परेको छ । तिनीहरूमध्ये धेरै खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
अचानक आएको बाढीले देशका ८० जिल्लालाई नराम्ररी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको ज्यान गएपछि पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको संख्या करिब १२ सय पुगेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया