सरकारका पाँच सचिवको सरूवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले पाँच सचिवको सरूवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयदेखि संवैधानिक निकायकसम्मका सचिवको सरूवा गरेको हो ।
चुनाव नजिकिएसँगै सबैभन्दा महत्वपूर्ण मानिएको गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेलाई प्रधानमन्त्री कार्यालय पठाउने निर्णय भएको छ । उनको ठाउँमा प्रदेश १ का प्रमुख सचिव बिनोदप्रकाश सिंहलाई ल्याउने तयारी छ ।
त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा भएको छ । अख्तियारमा भने प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई पठाइएको छ । आयोगका सचिव गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को अतिरिक्तमा पठाइएको छ ।
प्रतिक्रिया