NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

विवाहअघि स्नातक गर्ने छात्रालाई एक लाख !

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्न नगद तथा साइकल सहयोग कार्यक्रम ल्याएको छ । पालिकाले चालु आर्थिक वर्ष ०७९/८० देखि कार्यान्वयन गर्नेगरी विवाह नगर्दै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई नगद एक लाख रूपैयाँ र एसइईपछि कक्षा ११ मा भर्जा हुने छात्रालाई साइकल सहयोग गर्ने कार्यक्रम ल्याएको हो ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानका अनुसार तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राको विवाह गर्नेक्रम बढेपछि बालविवाह नियन्त्रण गर्न कार्यक्रम ल्याइएको हो । कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा प्रदान गर्न उत्प्रेरणाका साथै सहयोग पुग्ने उनले बताए ।

त्यस्तै, एसइई दिएपछि यहाँ धेरैले विवाह गर्ने र उच्चशिक्षा हासिल गर्नबाट वञ्चित भएकाले कक्षा ११ मा भर्ना हुने प्रत्येक छात्रालाई साइकल दिने कार्यक्रम ल्याएको गाउँपालिकाको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष