केसीविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ ।
सो मुद्दा आज पनि सुनुवाइ हुन नसकेपछि सर्वोच्च अदालतले हेर्न नभ्याइने सूचीमा राखेको हो ।
आज यो मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको थियो । अबको पेशी दशैंपछि मात्र तोकिन सक्ने सम्भावना रहेको बताइएको छ ।
केसीको शैक्षिक योग्यतामाथि उनीहरूले प्रश्न उठाउँदै नरेशकुमार पौड्यालसहित पाँचजना अध्यक्षका दाबेदारले गत साउन ३० मा उनीविरुद्ध मुद्दा हालेका थिए ।
उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र अध्यक्ष केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
हिन्दीमा डबिङ भएको प्रेमगीत -३ ले पायो नेपाली चलचित्रको मान्यता
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया