‘डिट्ठासाब’को नगरमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले तारकेश्वर नगरपालिकाको भ्रमण गरेका छन् ।
मेयर शाहले त्यहाँका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरूलाई हौसला प्रदान गरेका थिए ।
यसको जानकारी कलाकारसमेत रहेका वडा नम्बर २ का वडाध्यक्ष किशोर भण्डारी ‘डिट्ठासाब’ले दिएका हुन् ।
मेयर शाहको भ्रमणले उत्साह थपेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी समुन्नत तारकेश्वरका लागि अहोरात्र लाग्नेछौँ । तपाईँहरूको साथ हाम्रो उत्साह हो ।’
मेयर शाहसँग जनप्रतिनिधिसँगै सर्वसाधारणले समेत तस्बिर खिचेका थिए ।
काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका छन् ।
यसले गर्दा उनी सार्वजनिक जीवनमा पनि डिट्ठासाब नामले परिचित छन् ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया