५ वर्षीया छोरीले भनेको नमान्दा आमाको गयो ज्यान
गाजियाबाद । भारतको उत्तर प्रदेशस्थित गाजियाबादको मसुरी सहरमा ३५ वर्षीया महिलाको दर्दनाक हत्याको घटना बाहिर आएको छ । गाजियाबादमा एक व्यक्तिले आफ्नी श्रीमतीको खुकरी प्रहार गरी हत्या गरेको खबर बाहिर आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार छोरीको कुराबाट रिसाएर आफ्नी श्रीमतीमाथि कुटपिट गरी उनको ज्यान लिएका छन् । उनले आफ्नी ५ वर्षकी छोरीलाई केही भन्दा नसुनेपछि रिसाएर आफ्नी श्रीमतीमाथि चक्कु प्रहार गरेर हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
महिलाका श्रीमानले मामूली कुरालाई लिएर आक्रोशित भएर छुरा प्रहार गरेको आरोप छ । प्रहरीले बिहीबार सो जानकारी दिएको हो ।
बुधबार राति सादाबले आफ्नी पाँच वर्षीया छोरी साबालाई बेडसिट ल्याउन भने तर उनी खेल्न व्यस्त थिइन्। यो देखेर शादाब यति रिसाए कि उनले आफ्नी श्रीमती शबाना उर्फ शब्बोलाई कुटपिट गरे । श्रीमतीले विरोध गर्दा उनले चक्कु प्रहार गरी उनको हत्या गरेका थिए ।
महिलाका बुवा महिलाका बुबा अली हसनले हत्याविरूद्ध मुद्दा दर्ता गराएका छन् । (हिन्दी समाचरबाट)
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया