ट्विटरको भेरिफाइड एकाउण्टले अब मासिक शुल्क तिर्नुपर्ने

काठमाडौं । ट्विटरका भेरिफाइड एकाउण्ट (संकेत चिह्न नीलो रंग भएका) ले अब मासिक शुल्क तिर्नुपर्ने भएको छ । ट्विटरको स्वामित्व लिएलगत्तै एलन मस्कले ट्विटरको नीतिमाथि पहिलो पटक परिमार्जन गर्दै यस्तो व्यवस्था गरेका हुन् ।
मस्कले एक ट्विट गर्दै अब भेरिफाइड एकाउण्टले मासिक ८ डलर शुल्क तिर्नुपर्ने जनाएका छन् ।
मस्कले सुरुमा यसका लागि मासिक २० डलर प्रस्ताव गरेका थिए । सबै प्रयोगकर्ताको क्रय शक्तिले यो शुल्क थेग्न नसक्ने निचोडपछि ८ डलर कायम गरिएको हो ।
मस्कका अनुसार, आगामी दिनमा शुल्क बुझाउनेले विज्ञापन गर्ने, भिडियो पोस्ट् गर्नेलगायत सुविधा पनि पाउनेछन् । यसबाट ट्विटर र कन्टेन्ट निर्माता दुवैलाई सहयोग पुग्ने उनको विश्वास छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया