इजरायली सैनिकसँगको झडपमा प्यालेस्टिनीको मृत्यु

एजेन्सी । इजरायली सेनासँगको झडपमा शनिबार एक प्यालेस्टिनीको मृत्यु भएको छ । उक्त घटना मध्य वेस्टबैंक सहर रमल्लाहको उत्तरपूर्वमा भएको थियो ।
यस झडपमा अर्का एक जना गम्भीर घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालय र प्रत्यक्षदर्शीहरूले बताएका छन् । रमल्लाहको उत्तरपूर्वीमा अवस्थित सिन्जिल गाउँका १८ वर्षीय मोसाब नाफाललाई इजरायली सैनिकहरूले छातीमा गोली हानेर मारेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
इजरायली सेनाको गाडीमा ढुङ्गा हानेका निहुँमा ती दुई व्यक्तिलाई गोली हानेको रामल्लाहका प्रत्यक्षदर्शीहरूले जनाएका छन् । यसैबीच, इजरायली सेनाले सिन्जिल गाउँनजिकैको मुख्य सडकमा इजरायली बसोबास गर्नेहरूको गाडीमा ढुङ्गा हानेर दुई प्यालेस्टाइनीहरूलाई गोली हानेको इजरायली सञ्चार माध्यमले जनाएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया