इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता
इरान । इरानमा जारी विरोध प्रदर्शनका क्रममा बालबालिकाको मृत्यु भएको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले गम्भिर चिन्ता व्यक्त गरेको छ ।
इरानमा जारी विरोधक्रममा ५० जना बालबालिकाले ज्यान गुमाएका युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । इरानमा दुई महिनाभन्दा बढी समयदेखि जारी अशान्तिप्रति युनिसेफ, एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी सङ्घसंस्थाले बालबालिकाविरुद्धको अपराध र मानवअधिकार उल्लङ्घनमा कारबाही गर्न माग गरेका छन् ।
इरानमा बालबालिकाको हत्या भएको, विभिन्न घटनामा उनीहरू घाइते भएका तथा कुनै गम्भीर कसुरमा दोषी नहुँदा पनि हिरासतमा लिइएकामा युनिसेफ गहिरो चिन्ता व्यक्त गरेको छ । गत बुधवार सात जना बालबालिका मारिएका थिए । मारिनेमा एक जना १० वर्षका बालक रहेका बताइएको छ ।
आफ्ना मातापितासँग कारमा यात्रा गरिरहेको ती बालकको गोली हानी हत्या गरिएको थियो । उनका बुबा गोली लागेर घाइते भएका उनकी आमाले सञ्चार माध्यमलाई बताएकी जनाइएको छ । इरानी मानव अधिकार समूहकाअनुसार प्रदर्शन सुरु भएदेखि कम्तीमा तीन सय ७८ जना मारिएका छन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया