NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

दुई दशकपछि मूर्ति स्थापनाका लागि कलशयात्रा

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–५ स्थित पञ्चमुखी बजरङ्गबली मन्दिरमा १९ वर्षपछि मूर्ति स्थापना गरिने भएको छ ।

भारतबाट ल्याइएको शङ्खमरमरको बजरङ्गबलीको मूर्ति रामजानकी विवाहपञ्चमीका अवसर परेर मङ्गलबार मन्दिरमा स्थापना गरिने भएको छ ।

पञ्चमुखी बजरङ्गबली मन्दिरमा प्राण प्रतिष्ठा एवम् मूर्ति स्थापनाका लागि आज सयौँको सङ्ख्याले राजविराजमा कलशयात्रा निकालिएको छ ।पञ्चमुखी बजरङ्गबली मन्दिर निर्माण एवम् प्रतिमा स्थापना समितिका अनुसार सोमबार पूजापाठ र मङ्गलबार मूर्ति प्रतिमा स्थापना गरिने छ ।

उक्त मूर्ति दुई दशकदेखि स्थानीय सत्यनारायण चौधरी घरमा राखिएको छ । भारत, राजस्थानको राजधानी जयपुरबाट २०६० सालमा पञ्चमुखी हनुमानको प्रतिमा ल्याइएको हो ।

राजबिराज नगरपालिकाका तत्कालीन नगर प्रमुख जगरनाथ दासले २०५५ सालमा मन्दिर शिलान्यास गरी ५० हजार सहयोग गरेपछि  स्थानीयको सहयोगमा मन्दिर निर्माण कार्य भएको हो ।

मन्दिरको स्तरोन्नतिका लागि पूर्वमन्त्री स्व मिथिला चौधरीले १२ लाख सहयोग गरेको उनका छोरा अभिनव चौधरीले जानकारी दिए ।