फिजीमा गठबन्धन सरकार गठन हुँदै
एजेन्सी । फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको हो ।
आगामी चार वर्षका लागि गठन हुने गठबन्धन सरकारका निम्ति सोसल डेमोक्र्याटिक लिबरल पार्टीले पिपल्स एलायन्स र नेशनल फेडरेशनका नेताहरूसँग बेग्लाबेग्लै वार्ता गरेको छ ।
गत बुधबार भएको आमनिर्वाचनमा फिजी फस्ट पार्टीले २६, पिपल्स एलायन्सले २१, विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले तीन र नेशनल फेडरेशन पार्टीको साझेदार पाँच स्थान जितेको थियो ।
फिजीको निर्वाचन प्रणालीअनुसार ५५ सदस्यीय संसद्मा २८ वा सोभन्दा बढी स्थान जित्ने दलले सरकार गठन गर्नसक्ने प्रावधान छ । सन् २०१४ देखि सत्तामा रहेको फिजी फस्ट पार्टीले यो निर्वाचनमा बहुमत हासिल गर्न सकेन । विपक्षी गठबन्धनले २९ सिटका साथ नयाँ सरकार बनाउने छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया