NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बुबाले उज्याला दिन देख्न पाउनुभएन

आफ्नो दुःखको इतिहास आमाको काखमा सुम्पेर जानुभयो

‘गरीबका दलानमा दसैं पनि किन आउनु होला !’

म सानै छँदा आमाले भुन्भुनाएका शब्दमा मनमा गढेर बसेका छन् । चार वर्षको उमेरमा पहिलो पल्ट दसैं थाहा पाएँ मैले । हाम्रो घर पाँचथरको अमरपुरमा थियो ।

निकै सुख्खाग्रस्त क्षेत्र थियो । धान कम फल्थ्यो । भएपनि हाम्रो हजुरबाको धनी खेती राम्रै थियो, मुलघरमा धानको खासै दुःख थिएन ।

२०२१ सालतिरको कुरा हो, हामी मूलघरबाट छुट्टिसकेका थियौं । बुबाको अंशमा डाँडोपाखा जग्गा र तीनपाथी बिउ लाग्ने खेत परेको रहेछ ।

यसै पनि बुबाको गोडामा समस्या थियो, हिँड्न राम्ररी नसक्ने । खेतबारीको काममा भर दिन सक्नुहुन्नथ्यो । आमाको भरले कति कमाइ गर्न सक्नु, दुःखै थियो घरमा ।

बुबा ज्योतिषी हुनुहुन्थ्यो, ग्रह नक्षत्र हेराउने आउनेले ल्याएका चामलले कहिलेकाहीँ आठोपाँचो जाउलो खान पाइन्थ्यो ।
हाम्रो चुह्लामा प्रायः आमा ढिंडो ओडालिरहनुहुन्थ्यो, कि मकै भुट्नुहुन्थ्यो ।

२०२४ सालको दसैं निकै दुःखदायी थियो हाम्रो लागि । म छ वर्षको रहेछु । त्यो वर्ष पनि दसैं मान्न घरमा धान रहेनछ ।

अभावका ती दिनमा दसैं आउनु जति खुसी हामी केटाकेटीका लागि केही हुँदैनथ्यो । हामी केटाकेटीलाई दसैंको महत्व भन्नु नै चिउरा, धानको भात र मासु खान पाइने खुसीसँग जोडिएको थियो । लुगा लाउनु त के थियो र, खाँडीका दौरा सिइदिन्थे ।

त्यो बेला कट्टु लाउने चलन थिएन । नयाँ दौरा लाउन पाइथ्यो, दहीचिउरा, र मासुभात खान पाइन्थ्यो । त्योभन्दा बेसी के चाहियो र केटाकेटीलाई !

टीकाको दिन घरमा टीका लगाएपछि आफन्तका घरघर आमाबुबासँग टीका थाप्न गइन्थ्यो । जहाँ गयो, त्यहीँ खान पाइन्थ्यो । दही–चिउरा खाँदा–खाँदै भुँडी भरिन्थ्यो, अमिलो डकार आउँथ्यो । भोलिपल्ट बिहान उठ्यो फेरि टीका लाउन हिँडिगयो । वरिपरि सबै हामीभन्दा ठूलाबडाका घर थिए । दसैंभरि हाम्रो घरमा भातै पाक्दैनथ्यो ।

दसैंमा टीका लाएर पैसा दिने चलन खासै थिएन । नजिकै बजार वा अहिलेको जस्तो पसल थिएन । त्यसैले केटाकेटीका लागि पैसाको महत्व पनि थिएन ।

२०२४ सालको दसैं निकै दुःखदायी थियो हाम्रो लागि । म छ वर्षको रहेछु । त्यो वर्ष पनि दसैं मान्न घरमा धान रहेनछ । बुबा धान खोज्दै मूलघरमा पुग्नुभएछ । हजुरआमा मात्रै हुनुहुन्थ्यो रे घरमा । बुबाले आफ्नी आमासँग अलिकति दसैं मान्न धान माग्नु भएछ ।

हजुरआमाले भन्नुभएछ, ‘यसपालि धान छैन, यही तीन मुरी धान सुका’को छ, मूलघरलाई यतिले पनिपुग्दैन होला । तँ अन्तै खोज् धान ।’ धान नपाउनु भन्दा आमाको वचनले बुबाको मन अमिलियो पक्कै । बुबा गाउँतिर धान खोज्न जानुभएछ । अन्तरे भाइकहाँ जानुभएछ । तर, ‘यसपालि धान छैन दाइ, मधेसबाट पाहुना आउँछन् अरे, पुग्दैन’ भनेछन् ।

बुबा खाली हात घर फर्केर झोक्राएर बस्नुभएको रहेछ । त्यही बेला ‘बल जेठो’ भन्ने तामाङ एउटा कुम्लो बोकेर हाम्रो घरमुन्तिर डिलैडिल छेलिँदै–छेलिँदै जाँदै रहेछन् । बुबाले देख्नुभएछ ।

‘हैन, बाटो छोडेर किन बारी–बारी हिड्नुभो मामा, यताबाट जानु नि । कहाँबाट के लेर आउनु भो ?’ बल जेठोलाई सोध्नुभएछ । बुबाले बोलाएपछि उनी अप्ठ्यारो मान्दै आएछन् । अनि भनेछन्, ‘तिम्रै मूलघरबाट १० पाथी धान मागेर ल्याएको नि दसैं मान्न ।

पछि हिउँदोमा खेताला सघाइदिनु भनेर दिदीले दिइपठाइन् । तर जेठालाई चाहिँ नभन्नू है, तलतलैबाट जा भनेकी थिइन् । तिमीले देखि पो हाल्यौ त हौ, हामी त तिमीहरूकै रैती हो, दिदी रिसाउलिन्, नभन है भान्जा ।’

त्यसपछि बुबा हजुरआमासँग बाझ्न जानुभएछ । भन्नुभएछ ‘अब तिमीहरू मेरा लागि काम लागेनौ, मैले अब तिमीहरुका छेउछाउ बसेर अर्थ छैन ।’ उहाँ तल्ला गाउँतिर झर्नुभएछ । एउटा घरमा पूजा लगाएका रहेछन् । त्यही पूजामा चढाएको चामल भेला गर्दा एक पाथी भएछ ।

त्यसबराबरको पैसा पुरेतलाई दिएर किनेर ल्याउनुभएछ । पूजामा भेला भएकाहरूले ‘तिमेरुजस्तो परिवारका मान्छेले यस्तो पूजामा चढाएको चामल पनि लानुहुन्छ ? गाउँमा अनिकाल लाग्छ’ भन्दै कराउँदै थिए रे । उहाँ कसैका कुरा नसुनी आउनुभएछ ।

बुबा उठ्न पनि सक्नुभएन । सुति–सुति टीका लाइदिनुभयो । दसैं सकिएलगत्तै कार्तिक २ गते बुबा बित्नुभयो । बुबाले आफ्नो दुःखको इतिहास आमाको काखमा सुम्पेर जानुभयो ।

मलाई आज पनि राम्रो सम्झना छ, दैलो बाहिरैबाट बुबाले एउटा पोको भित्र मझेरीमा फाल्दै भन्नुभो, ‘ला तेरो दसैं ।’ उहाँ फरक्क फर्केर पिँढीमा बसेर रुन थाल्नुभो । म पनि बुबाको काखमा बसें । रुँदै बुबाले आमासँग भन्नुभो, ‘अब हामी यहाँ नबस्ने, मंसिर लागेपछि मधेस बसाइँ जाने, भारी हाल्न थाल् ।’

मेरो केटकेटी मन, मधेस भनेको कस्तो होला, थाहा थिएन । नभन्दै त्यही साल पुस नौ गते कुम्लोकुटुरो बोकेर बसाइँ हिँडियो । मधेस झरेपनि हामी केटाकेटीलाई बुबाआमाले पाल्न सकेनन् । हामी आफन्तहरूकहाँ छरियौं ।

म सुखानी मावलमा, माइली दिदी इलाम फुपूकहाँ र मभन्दा मुनिकी बहिनीचन्द्रा खालबाडी सानिमाकहाँ बसेका थियौं । काखकी छोरी टीकालाई मात्रै लिएर आमाबुबा झापाको शनिश्चरे बजारमा चुर बेच्न थाल्नुभयो ।

२०२५ सालमा दसैंताका यत्ति ठूलो भेलबाढी आयो, कति बस्ति बगायो, मान्छे मरे । त्यो दसैंमा हामी परिवार घरमा भेला हुन सकेनौं । अर्को साल मचाहिँ घर आएँ, दिदिबहिनी आफन्तकै घरमा रहे । धेरै वर्षसम्म हामीले सँगै दसैं मनाउनै पाएनौं ।

बुबाको स्वास्थ्य दिनप्रति दिन खस्किँदो थियो । २०३३ सालको दसैंताका बुबालाई बिमारले झन् च्याप्दै लग्यो । आमा दुई महिनाकी सुत्केरी हुनुहुन्थ्यो, आमाले दोकान पनि गर्न सक्नुभएको थिएन । घरमा खानेकुरा थिएन । एकदमै अनिकाल थियो ।

बुबा उठ्न पनि सक्नुभएन । सुति–सुति टीका लाइदिनुभयो । दसैं सकिएलगत्तै कार्तिक २ गते बुबा बित्नुभयो । बुबाले आफ्नो दुःखको इतिहास आमाको काखमा सुम्पेर जानुभयो ।

पहाडमा छँदा गोठको दलिनमा बरियोको पिङ हाल्देको हुन्थ्यो, त्यहीँ खेल्थ्यौं । गाउँमा ठूलाहरूले पिङ हालेका त हुन्थे, तर बालखा केटाकेटीलाई खेल्न दिँदैनथे ।

मधेस झरेपछि घरभित्रको दुःखबाट निस्केसी रमाइलै हुन्थ्यो । सतारहरू घरघरमा बाजा बजाउँदै नाँच्दै आउँथे ।

अहिले पो कोरोनाले बिगार्यो मानिसको जीवनकै लय । नत्र त दसैंको रौनक फेरियो अचेलका केटाकेटीका लागि ।

मधेस आएपछि नौ वर्षको उमेरमा मैले बल्ल कट्टु लाउन पाएँ । एकदिन दौरामात्रै लगाएर कट्टुबिनै स्कूलगएछु । साथीहरुले दौरा उचालेर जिस्क्याइदिएपछि म रुँदै घर पुगेँ । अनि आमाले कट्टु किनेर ल्याइदिनु भयो ।

चुर बेचेर अलिलि पैसा आउँथ्यो होला, आमाले नयाँ लुगा पनि किनिदिनुभयो, त्यो बेला लाएको लुगाको मगमग बासना अहिले पनि नाकमा छ जस्तो लाग्छ ।

बिस्तारै हामी हुर्किंदै गयौं । काम गर्ने भयौं अनि घरमा दसैंमा अलिक उज्यालो छाउन थाल्यो । तर, बुबाले ती उज्याला दिन देख्न पाउनुभएन ।

अचेल हाम्रा केटाकेटीका लागि राम्रो दसैं आउँछ । जे भन्यो, त्यही पाउँछन् । घुम्न जान, खेल्न जान पाउँछन् ।
अहिले पो कोरोनाले बिगार्यो मानिसको जीवनकै लय । नत्र त दसैंको रौनक फेरियो अचेलका केटाकेटीका लागि । झन् सहरिया केटाकेटी त टीका थाप्ने, आफन्तकहाँ जाने त छँदै छ, आमाबुबासँग नयाँ ठाउँ घुम्न जान पाउँछन् ।

गाउँघरतिर पनि अभिभावकको दुःख त खासै फेरिएको छैन, तर केटकेटीले दुई छाक मासुभात भने खानपाउने मेसो मिल्दो हो । बुबा बितेको जुगबित्यो, तर दसैंमा अहिले पनि अभावले किचेको बुबाको अनुहार याद आउँछ ।
०००
(कृष्ण धराबासीसँग नेपालवाचका लागि शकुन्तला जोशीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८, १७:४७:००