मुख्यमन्त्रीद्वारा निर्माणाधीन पुलको निरीक्षण

रासस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयमा गुणस्तरीय निर्माण पूरा गर्न निर्देशन दिएका छन् । पोखरा महानगरपालिका वडा नं १४ र २६ डहरेस्थित विजयपुर खोलामाथि निर्माणाधीन पक्की पुलको शनिबार निरीक्षण गर्दै उहाँले पुल निर्माण देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।विकास निर्माणमा प्राविधिकको निगरानी एवम् स्थानीयवासी तथा जनप्रतिनिधिको जागरुकता हुनुपर्ने मुख्यमन्त्री गुरुङको तर्क छ । पृथ्वीराजमार्गको विजयपुरपुलको विकल्पका रुपमा प्रदेश सरकारको रु एक करोड २८ लाख लागतमा सो पुल निर्माण गर्न लागिएको हो । २५ मिटर लम्बाइ तथा दायाँबायाा पैदलमार्गसहितको डबल लेनको सो पुल आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निरीक्षणमा प्रदेश, भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलगायत प्रदेशका उच्च अधिकारीको सहभागिता थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया