ओमबहालबाट एक करोड बरामद, तीन जना पक्राउ

शंकास्पद कारोबारको आशंकामा प्रहरीले काठमाडौंको आोमबहालबाट एक करोड रुपैयाँ बरामद गरेको छ । तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सोमबार झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो । उनीहरुबाट एक करोड रुपैयाँ बरामद भएको र सो रकम हुन्डी कारोबारको भएको आशंका प्रहरीको छ। पक्राउ परेकाहरुले बरामद भएको रकमको स्रोत खुलाउन नसकेको सिआईबीले जनाएको छ ।
प्रतिक्रिया