राष्ट्रिय सडक संजालले नछोएको हुम्लाको सिमकोटमा अब यस्तो ट्राफिक नियम

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो । लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने भएका कारण ट्राफिकले आफ्नो चेकपोष्टको कार्य शुरु गरेको छ । सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा ट्राफिक कार्यालयले आफ्नो चेकपोष्टको बोर्ड राखेको छ । अन्तरपालिकामा आवतजावत गर्ने सवारी साधनले हालसम्म ट्राफिकको नियम पालना नगरी यातायात सञ्चालन हुँदा बजार क्षेत्रमा आफ्नो चेकपोष्ट राखिएको हो । सिमकोटमा अब ट्राफिक नियम लागू हुने भएको छ । यसले गर्दा दुर्घटनादेखि लिएर मनपरी ढङ्गले यात्रु चढाउने कार्य रोक्न मद्दत पुग्ने भएको छ । यसभन्दा पहिला सिमकोट–खार्पु र सिमकोट–च्याछरा–डाँडाफयाका लागि सवारी चालकले मनपरी तवरमा यात्रु चढाउने र ओराल्ने काम गरिरहेका थिए । अन्तरपालिका आवतजावत गर्ने सवारी चालकले यात्रुबाट भाडादर महँगो लिने गरेका थिए । मकोट–खार्पु एक जना व्यक्तिको भाडा अगाडि सिटमा बसेमा रु ३५० र पछाडि सिटमा बसेमा यात्रुलाई रु २५० लिने गरिएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया