सहमति नभएपछि चौथोपटक सर्यो कांग्रेस बैठक

काठमाडौं । यस अघि तीनपटक पटकसम्म स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक फेरि पनि सरेको छ । २१ कात्तिकका लागि भनेर बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो । तर, आइतबार केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जनाएका छन् । यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । तर, २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो । मुख्य गरी पौडेल पक्षले अघि सारेको हस्ताक्षरसहितको १६ बुदे असहमतिपत्रमा कुरा मिल्न नसकेपछि कांग्रेस बैठक चौथोपटक पनि सरेको हो । पछिल्ला एक हप्ता पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यबीच बैठक डाकेर सहमति गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन । बैठक २१ कात्तिकबाट बाट २४ कात्तिकसम्म सारेर सहमति जुटाउन खोजे पनि भएन । महाधिवेशनको मुखमा विभाग गठन विधान विपरीत भएको, सदस्यता र समायोजनमा संस्थापनले मनोमानी गरेको भन्दै आफूहरुका १६ बुँदा माग पहिले सम्बोधन हुनुपर्ने अडान पौडेल पक्षको छ ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया