NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नियमित खोर्सानी खानेलाई मृत्युको जोखिम २५ प्रतिशत कम हुने !

अमेरिकाकाे एक अनुसन्धानले धेरै खाेर्सानी खानेलाई मृत्युकाे जाेखिम कम हुने जनाएकाे छ । हालै अमेरिकामा गरिएको अनुसन्धानले दैनिक खोर्सानी खाने मानिस अरूभन्दा लामो समय बाँच्ने देखाएको हाे। अमेरिकन हर्ट एसोसिएसनले नियमित खोर्सानी सेवनले क्यान्सर र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम कम गर्ने जनाएको छ । अमेरिका, इटली, चीन र इरानका ५ लाख ७० हजार मानिसमा अनुसन्धान गरिंदा यस्तो पत्ता लागेको हो । त्यस क्रममा खोर्सानी खाने व्यक्तिलाई अप्रत्याशित स्वास्थ्य लाभ भएको पनि अध्ययनको प्रतिवेदनमा उल्लेख गरिएको छ। नियमित खोर्सानी खाँदा मुटु रोगबाट मृत्यु हुने जोखिम २६ प्रतिशतसम्म घटाउने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । यस्तै नियमित खोर्सानी सेवनले क्यान्सरबाट हुने मृत्युको जोखिम २३ प्रतिशतसम्म कम गर्ने अध्ययनको दाबी छ । अनुसन्धानकर्ताका अनुसार समग्रमा खोर्सानीको नियमित सेवनले विभिन्न रोगबाट हुने मृत्युको जोखिम २५ प्रतिशतसम्मसम्मले घटाउने पाइएको छ। एजेन्सीकाे सहयाेगमा