NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सर्वकालीन महान खेलाडी म्याराडोनाको सम्मानमा कसले के लेखे ?

फुटबल दुनियाँकै सर्वकालीन महान खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । फुटबलमा अमिट छाप छोडेका म्याराडोनाको ६० वर्षको उमेरमा अर्जेन्टिनामा निधन भएको हो । नोभेम्बरको पहिलो हप्ता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया भए पनि अन्ततः उनले यो दुनियाँलाई छोडे । बुधबार हृदयघातका कारण म्याराडाेनाकाे निधन भयाे । भौतिक रुपमा म्याराडोनाले संसार छोडे पनि उनले फुटबल मैदानमा देखाएको कौशललाई अद्भूत मानिन्छ । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दाका कप्तान हुन् म्यारोडोना । विश्वकप जित्दा क्वाटरफाइनलमा म्याराडोनाले गरेको गोल २० औं शताब्दीकै सबैभन्दा उत्कृष्ट गोल घोषणा भयो । यो गोल म्याराडोनाले १०.८ सेकेण्डमा १२ टचमा गरेका थिए । इङल्याण्डका मिडफिल्डर र रक्षकलाई छक्याउँदै गरेको यो गोललाई इङलिस फुटबलर र समर्थकले पनि सम्मानका साथ लिन्छन् । म्याराडोनाले त्यो गोल गर्नु अघि दोस्रो हाफको छैटौं मिनेटमा गरेको गोललाई म्याराडोना भगवानको गोल भन्न रुचाउँछन् । रेफ्रीले हेड गोल भनेर मान्यता दिए पनि सो गोलमा म्याराडोनाले चलाखीपूर्ण रुपमा हातकोसमेत प्रयोगमा गोल गरेका थिए । सो गोललाई हातले नभई भगवानको गोलका रुपमा चर्तित छ । लगत्तै चार वर्षमा भएको विश्वकपमा पनि म्याराडोनाको अर्जेन्टिनाले विश्वकप फुटबलको फाइनल खेल्यो । पश्चिम जर्मनी फाइनलमा १-० गाेलले विजयी भएकाे थियाे । अर्जेन्टिनाको राष्ट्रिय टिमबाहेक म्याराडोनाले आफ्नै देशकाे बोका जुनियर्स, स्पेनको बार्सिलोना र सेभिल्ला, इटालीको नेपोली क्लबबाट व्यवसायिक फुटबल खेले । म्याराडोनालाई अर्जेन्टिनामा जस्तै इटालीमा पनि भगवान खेलाडी मानिन्छ । उनै महान खेलाडीको अल्पायुमा निधन भएपछि उनी जन्मेको देश अर्जेन्टिना, उनका समकालीन खेलाडीसहितले उनको सम्मानमा शब्द खर्चिएका छन् ।