डडेल्धुरामा ४० रुपैयाँको जुनार काठमाडौंमा १८०
डडेल्धुराकाे स्थानीय बजारमा प्रतिकिलो ४० पर्ने जुनारको भाउ काठमाडौंमा १८० रुपैयाँ पर्छ। यो मूल्य त्यहाँको स्थानीय बजारको तुलनामा ३५० प्रतिशत बढी हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जुनारको मूल्य आफ्नो दैनिक मूल्यसूचीमा समावेश गरेको छैन । यद्यपि कालीमाटी र बल्खु तरकारी बजारका फलफूल व्यापारीका अनुसार जुनारको हालको बजार मूल्य प्रतिकिलो १८० रुपैयाँ छ । एक महीना अघिसम्म प्रतिकिलो १०० रुपैयाँसम्म रहेको जुनारको मूल्य पछिल्लो समय ८० रुपैयाँ बढेको बल्खु तरकारी बजारका फलफूल व्यापारी सञ्जय लामाले बताए । उनका अनुसार बल्खु तरकारी बजारमा भारत, चीन लगायत देशबाट जुनार, सुन्तला र मौसम आयात हुने गर्छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतीय सुन्तला र मौसमको मूल्य प्रतिकिलो २०० रुपैयाँ छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ।
प्रतिक्रिया