प्राविधिक शिक्षामा अब्बल बन्दै पाणिनि बहुप्राविधिक शिक्षालय

अनन्तप्रसाद घिमिरे (अर्घखाँची) – पछिल्लो समय अर्घखाँचीको पाणिनि बहुप्राविधिक शिक्षालय प्रविधिक शिक्षामा अब्बल बन्दै गएको छ । सुरुमा फरेष्ट्री डिप्लोमा र सिभिल इन्जिनियरिङ गरि दुई विषयको मात्र अध्ययन हुँदै आएको अर्घखाँचीको पाणिनि गाउँपालिका ७ चिबेक स्थित पाणिनी बहुप्राविधिक शिक्षालयले अहिले अन्य विविध प्राविधिक विषयमा अध्यापन गराइरहेको छ । वि.सं.२०७५ सालमा स्थापना भइ पठनपाठन सुरु गरेको यस शिक्षालयले पाणिनिमा मात्रै नभइ जिल्लामै आफ्नो प्रगतिलाई उजागर गरेको देखिन्छ । पाणिनीमा यसैवर्षदेखि अमिन विषयको समेत अध्ययन हुन थालेपछि यस क्षेत्रका अभिभावकमात्रै होइन उक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरू पनि निकै खुशी देखिएका छन्। सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको नजिकै रहेको यस शिक्षालयले उत्कृष्ट जनशक्ति उत्पादन मात्रै गरेको नभइ यो ठाउँको चहलपहललाई पनि निकै बढाएको छ। कतैकतै फाट्टफुट्ट अस्थायी घरहरुमात्र देखिने यस ठाउँमा अहिले बाक्लै घरहरु बनेका छन् भने व्यापार व्यवसाय गरि आफ्नो जीवन निर्वाह गर्ने पनि देखिन्छन् । प्रायः शिक्षालय वरिपरिका घरहरूमा भाडामा बस्ने विद्यार्थीहरूले गर्दा पछिल्लो समय सुनसान बन्दै गएको गाउघर पनि यतिखेर रमाइलो र भरिभराउ भएको त्यहाँका स्थानीय व्यापारीहरू बताउँछन् । विभिन्न समूहमा गरी करिब ३१८ जना विद्यार्थीहरूले अध्ययन गर्ने उक्त शिक्षालयमा १३ जना विभिन्न विषयका पुर्णकालीन प्रशिक्षक ६, आंशिक प्रशिक्षक १, लेखा कर्मचारी१, स्टोरकिपर१, ड्राइभर ३, एक सेक्युरिटी गार्ड र २ जना कार्यालय सहयोगी कार्यरत रहेको शिक्षालयका प्रमुख मणि गैरेले बताए। शिक्षालयले विद्यार्थीहरूको लागि आवश्यक अत्याधुनिक प्रयोगशाला, पुस्तकालय विद्यार्थी एवं कर्मचारीहरुलाइ सुविधा दिने उद्देश्यले आफ्नै खाजाघर समेत सन्चालनमा ल्याएको छ। त्यतिमात्रै होइन टाढाटाढाबाट यस शिक्षालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूको सुविधालाई मध्यनजर गर्दै निकट भविष्यमै छात्रबासको समेत व्यव्स्था गर्न लागिएको समेत प्रमुख गैरेले जानकारी दिए। अहिले पनि टाढाबाट आउने विद्यार्थीहरूलाई बसाइमा कुनै पनि किसिमको असहज अवस्था नआओस् भनेर यस क्षेत्रका घरधनीहरूलार्इ समेत आग्रह गरिँदै आएको र स्थानीय निकायले पनि शिक्षालयलालाई व्यवस्थित गर्ने सन्दर्भमा आवश्यक पहललार्इ निरन्तरता दिनुपर्ने कुरा शिक्षालयका कर्मचारी कृष्णप्रसाद घिमिरेले बताए।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया