हरिवनमा रोकिराखेको ट्याक्टरमा रात्रिबस ठोक्कियो, २५ यात्रु घाइते

काठमाडौं । सर्लाहीको हरिवनमा रात्रिबस रोकिराखेको ट्याक्टरमा ठोक्किँएको छ । उखु लोड गरेर रोकिराखेको ट्याक्टरको टेलरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको रात्रिबस ठोक्किदा २५ जना यात्रु घाइते भएका छन् ।
भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ४७५७ नम्बरको रात्रिबस आज बिहान सबा ४ बजे ज २ त ७८१ नम्बरको ट्याक्टरको टेलरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उक्त ट्याक्टर बिग्रेर बिहीबार दिउँसै नै हरिवन नगरपालिका–९ सुखेपोखरी स्थित पूर्व–पश्चिम राजमार्गमै किराना लगाएर राखिएको थियो ।
बसमा सवार ३९ जनामध्ये २५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बसका चालक र सहचालकसमेत घाइते भएका छन् ।
प्रहरीका अनुसार पाँचजना घाइतेलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पठाइएको छ ।
सामान्य घाइते बसका चालकलाई उपचारपश्चात हरिवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १७:०१:००
प्रतिक्रिया