NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माइत हिँडेकी सरस्वती छोरीसहित झुण्डिएको अवस्थामा मृत फेला

दार्चुला, माघ, सहयात्री जीवन (नागरिक पत्रकार) । दार्चुलामा आमा र छोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–७ कि २३ वर्षीया सरस्वती बिष्ट र उनकी १ वर्षीया छोरी जेनिशा शुक्रबार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

सरस्वती घरदेखि माइत जाने भनेर हिँडेको र शैल्यशिखर नगरपालिका–८ स्थित एक वृक्षमा झुण्डिएको अवस्थामा छोरीसहित मृत भेटिएको इलाका प्रहरी कार्यालय, गोकुलेश्वरले जानकारी दिएको छ ।

मृतकको शव अहिले पोस्ट् मार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

घटनाको कारण यकिन हुन सकेको छैन । पोस्ट् मार्टका लागि दिइएकाले त्यसको रिपोर्टपछि यसबारे आवश्यक अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ ।