NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

मार्क्सवाद पढाउँदै घनश्याम भुसाल : ओलीशैलीप्रति असन्तुष्ट, बोल्दा टिकट नपाइने डर

काठमाडौं । नेकपा (एमाले)का वैचारिक नेता घनश्याम भुसाल प्रशिक्षार्थीहरूलाई मार्क्सवादबारे पढाउने तयारी गरेका छन् । चितवनको सौराहमा भएको १० औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका भुसाल त्यसयता पार्टीको औपचारिक बैठकबाहेक पार्टीको कार्यक्रममा निष्कृय रहँदै आएका छन् ।

भुसालले एमाले विभाजन हुनबाट जोगाउन निकै मेहनत गरे । तर, गत भदौ २ मा माधवकुमार नेपाल समूह एमालेबाट अलग भयो । त्यसपछि भुसालसहित माधव समूहका १० जना एमालेमै फर्किएका थिए । रोजेको मन्त्रालय र पार्टी माहासचिव बन्न नेता नेपालले गरिएको आग्रहलाई अस्वीकार गर्दै भुसालले पार्टी विभाजन गरेर एकीकृत समाजवादीमा जानुभन्दा माक्र्सवाद पढाएर बस्ने जवाफ फर्काएका थिए । नवौं महाधिवेशनमा भुसाल उप–महाचिवमा निर्वाचित भएका थिए । पार्टीको नवौंं र दशौं महाधिवेशनबाट भुसालकै कार्यदिशा पास भए पनि नेतृत्व अर्कैको हुँदा पार्टीभित्र समस्या उत्पन्न भएको उनको निष्कर्ष छ ।

भुसालले एमालेभित्र वैचारिक र अध्ययनशील नेताको छवि बनाएका छन् । आधारभुत रूपमा माक्र्सवादसम्बन्धी पुस्तक नै उनको रुचिको विषय बनेको छ । माक्र्सवादको द्धन्द्धात्मक भौतिकवाद, माक्सवादी अर्थशास्त्र, विश्व समाजवादी आन्दोलनजस्ता विषय पाठ्यक्रममा नै तयार गरेका छन् ।

माक्र्सवादी प्रशिक्षक तयार गर्दै

पार्टी गतिविधिमा निष्कृय रहेका भुसाल अहिले माक्र्सवाद पढाउने तयारीमा छन् । उनले माक्र्सवादी अध्ययन केन्द्र, बानेश्वरमा दिनहुँ १५ जनालाई माक्र्सवादसम्बन्धी प्रशिक्षण दिइरहेका छन् । उनीनिकट एक नेताका अनुसार माक्र्सवाद पढाउने प्रशिक्षकहरूलाई पढाइरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका भुसाल शिक्षक, पत्रकार, पार्टीका कार्यकर्ता तथा माक्र्सवाद अध्ययनमा रुचि राख्ने स्वतन्त्र नागरिकलाई प्रशिक्षण दिने उनको तयारी छ । कम्युनिस्ट पार्टीमा नेता तथा कार्यकर्तामा माक्र्सवादसम्बन्धी वैचारिक स्खलन हुँदा समग्र पार्टी संगठन नै अस्तव्यस्त भएको उनको निष्कर्ष छ । त्यसका लागि प्रशिक्षक तयार गर्ने काममा भुसाल लागेका हुन् ।

‘पार्टीभित्र ओलीको गतिविधिप्रति माधव समूहमा रहेका अन्य नेताहरू पनि सन्तुष्ट छैनन्’, स्रोतको दाबी छ, ‘अधिकांश नेताको चिन्ता आगामी चुनावमा ओलीले कसरी टिकट वितरण गर्छन् भन्नेमा देखिन्छ । उनीहरूलाई ओलीविरुद्ध लाग्दा टिकट नपाइएला भन्ने डरले मौन छन् ।’

भुसालले एमालेभित्र वैचारिक र अध्ययनशील नेताको छवि बनाएका छन् । आधारभुत रूपमा माक्र्सवादसम्बन्धी पुस्तक नै उनको रुचिको विषय बनेको छ । माक्र्सवादको द्धन्द्धात्मक भौतिकवाद, माक्सवादी अर्थशास्त्र, विश्व समाजवादी आन्दोलनजस्ता विषय पाठ्यक्रममा नै तयार गरेका छन् । साथै, उनले रुस, पेरू, भेनेजुएला र भियतनामको कम्युनिस्ट आन्दोलन, माओवादी आन्दोलन, साइनिङपथ, गोञ्जालोको पतन, हुच्चिमियाँ लगायतका विषयमा प्रशिक्षण दिनेछन् ।

खासगरी माक्र्सवादका आधारभुत विषयमा प्रशिक्षण दिने जनशक्ति नभएकाले त्यसतर्फ उनको चिन्ता छ । बाहिर माक्र्सवादको व्याख्या गर्ने पार्टीभित्र नेता तथा कार्यकर्तालाई व्यवस्थित ढंगले परिचालन गर्न नसक्ने स्थितिको अन्त्यका लागि प्रशिक्षक तयारीमा उनी जुटेका हुन् । यसको अभिप्राय माक्र्सवादी दृष्टिकोणमा योगदान गरोस् भन्ने उनको बुझाइ छ । खासगरी युवा पुस्तालाई लक्षित गरी प्रशिक्षक दिने सोच बनाएका छन् । यस प्रकृयामा एमालेबाहेक माक्र्सवादप्रति झुकाव राख्ने सबैलाई प्रशिक्षण दिन लागेका छन् । यदि युवा पुस्तालाई माक्र्सवादसम्बन्धी राम्रो ज्ञान दिन सकियो भने त्यसले समग्र समाजको नयाँ दृष्टिकोण निर्माणमा टेवा पु¥याउनेमा उनको विश्वास छ । अहिले दिउँसोको समयमा उनले प्रशिक्षण दिइरहेका छन् । पूरै समय छुट्याउने तयारीमा उनी छन् । भुसाल पार्टीको औपचारिक बैठकबाहेक अन्य कार्यक्रमा जान छोडेका छन् ।

पूर्वमाधव समूहका नेता चिन्तित

पार्टी विभाजनमा माधवलाई साथ नदिएका तर एमालेमै रहेका व्यक्तिहरूले भुसालसँग चिन्ता जायर गर्ने क्रम नरोएिको उनी निकट स्रोतले बताएको छ । ‘पार्टीभित्र ओलीको गतिविधिप्रति माधव समूहमा रहेका अन्य नेताहरू पनि सन्तुष्ट छैनन्’, स्रोतको दाबी छ, ‘अधिकांश नेताको चिन्ता आगामी चुनावमा ओलीले कसरी टिकट वितरण गर्छन् भन्नेमा देखिन्छ । उनीहरूलाई ओलीविरुद्ध लाग्दा टिकट नपाइएला भन्ने डरले मौन छन् ।’

एमसिसीबारे एमालेको दोहोरो चरित्र देखाएकोप्रति भुसाल खुशी देखिएका छैनन् । सत्तामा हुँदा एमसिसी तत्काल पास गर्न ओलीले दबाब दिए पनि प्रतिपक्षमा पुगेपछि विभिन्न सर्त देखाएको उनको आरोप छ ।

जिल्ला अधिवेशन पार्टीको महाधिवेशन जस्तो भएको, सहमतिको नाममा वडा तहसम्म नेतृत्वले आन्तरिक लोकतन्त्रलाई समाप्त पार्ने काम भएको भुसालसँग उनीहरूले गुनासो पोख्ने गरेका छन् ।

नेतृत्वका कारण पार्टीभित्र एक प्रकारको उकुसमुकुस बाँकी नै रहेको, माधव समूहलाई हटाएर ओलीले पार्टी एकलौटी गरे पनि गुटको अन्त्य नभएको उनीहरूको निष्कर्ष रहेको छ ।

भुसाल निकटस्थको अनुसार यसरी नै आन्तरिक लोकतन्त्रको घाँटी निमोठ्ने काम भए समग्रहमा पार्टीलाई नै नोक्सान हुने उनीहरुले चिन्ता गर्ने गरेका छन् । अहिले वडादेखि जिल्लासम्म जसरी नेतृत्व चयन भएको छ, त्यसले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ । यस्ता गतिविधिले समग्रमा एमाले हार्ने मात्र नभइ राष्ट्रिय राजनीतिमा नै अस्थिरता निम्तने खतरा रहेको भन्दै भुसाल चिन्तित रहेका छन् ।

एमसिसीबारे एमालेले दोहोरो चरित्र देखाएकोमा असन्तुष्टि

यस्तै एमसिसीबारे एमालेको दोहोरो चरित्र देखाएकोप्रति भुसाल खुशी देखिएका छैनन् । सत्तामा हुँदा एमसिसी तत्काल पास गर्न ओलीले दबाब दिए पनि प्रतिपक्षमा पुगेपछि विभिन्न सर्त देखाएको उनको आरोप छ । यसबारे अहिलेसम्म पार्टीको स्पष्ट नीति बाहिर नआउँदा उनी मौन छन् । राष्ट्रियताको सवालमा भने उनी कुनै व्यक्ति वा समूहले उत्तेजित अभिव्यक्ति दिनुभन्दा प्रचलित नियम, कानुन, सन्धि–सम्झौताका आधारमा सरकारले कूटनीतिक तबरबाट समाधानको उपाय निकाल्नुपर्ने उनी बताउँछन् ।

सबै वामपन्थी पार्टी पुनः एकजुट हुनुको विकल्प भुसालले देखेका छैनन् । नेपालको अहिले जुन खालको राजनीति परिदृष्य देखिएको छ, त्यो धेरैदिन नटिक्ने उनको बुझाइ छ ।

यसैगरी एमालेको दशौं महाधिवेशनबाट आफ्नै लाइन पास भए पनि ३० वर्षअघि मदन भण्डारीले तय गरेको कार्यक्रमले एमाले अगाडि बढ्न नसक्ने भुसालको जिकिर छ । ‘जबजको कार्यक्रम अर्धसामन्ती समाजमा लागू हुने कार्यक्रम हो’, उनी निकटस्थले भने, ‘कार्यदिशाको मूल लाइन भुसालको लाइन हो । त्यो लाइन अनुसारको कार्यक्रम डिजाइन गर्ने, अध्ययन गर्ने, तयारी गर्ने गतिविधिमा उहाँ क्रियाशील हुनुहुन्छ ।’
सबै वामपन्थी पार्टी पुनः एकजुट हुनुको विकल्प भुसालले देखेका छैनन् । नेपालको अहिले जुन खालको राजनीति परिदृष्य देखिएको छ, त्यो धेरैदिन नटिक्ने उनको बुझाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमले सबै वामपन्थी शक्तिहरू एकजुट हुने उनको ठम्याइ छ । कम्युनिस्ट आन्दोलनको हार्डवेयर भीमकाय भए पनि सफ्टवेयर बन्न नसक्दा कम्युनिस्ट आन्दोलन सफल हुन नसकेको भुसालले निष्कर्ष निकालेका छन् ।

यस्तो छ उनको जीवन शैली

काठमाडौंको बाँसबारीमा बस्दै आएका भुसाल बिहान ७ बजे उठ्छन् । त्यसपछि एक–डेढ घण्टा योगा गर्छन् । चिया–नास्ता गरिसकेपछि केही समय पत्रपत्रिका तथा अनलाइन पोर्टलमा आएका समाचार पढ्ने गर्छन् । पार्टीको महत्वपूर्ण जिम्मेवारीमा नरहेकाले कार्यकतासँग भेटघाट अचेल निकै पातलिएको छ । उनी बिहान प्राय ११ बजेतिर खाना खान्छन् ।

सामान्यतया शाकाहारी भोजनमा उनको रुचि छ । बेलुकाको खानामा यही नै खानेभन्दा पनि भान्सामा जे पाक्छ त्यही खाने गर्छन् । प्राय सामान्य खानामा उनको रुचि रहेको छ । फुर्सदको समयमा उनी अध्ययनमै समय विताउने गर्छन् । विशेषगरी, माक्र्सवादसम्बन्धी किताब पढ्छन् । पछिल्लो समयका नियोमाक्र्सवाद, पुँजीवादसम्बन्धी किताब अध्ययन अध्यापनमा उनको रुचि बढेको छ । राति प्रायः उनी ११ बजे सुत्ने गर्छन् ।