स्थनीय तह कार्यकालसँग सम्बन्धित निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाउने उल्लेख गर्दै पेस भएको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ ।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले पेश गरेको निवेदन दरपीठ गरेका हुन् ।
दरपीठमा भनिएको छ, ‘नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४ (४) मा भएको प्रावधानबमोजिम नेपालका सबै स्थानीय तहको निर्वाचन मिति २०७९ वैशाख ३० गते गर्ने गरी निर्णय भएको, स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४ (४) मा उपदफा (२) बमोजिम अलगअलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिनेछ भन्ने प्रावधान रहेको छ ।’
उक्त प्रावधान यथावत् रहिरहेको अवस्थामा निर्वाचन गर्ने गरी भएको निर्णयले निवेदकको नगरप्रमुखको पाँच वर्षको कार्यकाल घटाउने प्रबल सम्भावना रहेको भनी विनाआधार प्रस्तुत निवेदन लिई आएकाले अस्वीकार गरिदिएको दरपीठमा उल्लेख छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर साहले उक्त निवेदन पेस गरेका थिए ।
निवेदनमा आफूहरुको कार्यकाल छ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने उल्लेख छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया