NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भौतिक पूर्वाधार विकास मन्त्री सोडारीद्वारा बझाङका विभिन्न योजनाको अनुगमन

सुनिल मण्डेल (बझाङ)- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले बझाङका योजनाको अनुगमन गरेका छन् ।

शनिबार बझाङको सदरमुकाम तथा सेती पारि रहेको पानकोट जडारिगाड सडक खण्ड, रिठापाटा सुर्मा सडक, पातिहाल्ना तलकोट साईपाल हुम्ला सडकखण्ड लगाएतका सडकको अनुमान गरेका हुन् ।

मन्त्री सोडारीले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यलयहरुको समेत अनुगमन गरेका छन् । बझाङ जिल्लास्थित पूर्वाधार विकास कार्यालयल लगाएतका कार्यालय प्रमुखसँग आयोजना कार्यन्वयनबारे जानकारी समेत लिएका छन् ।

अनुगमनको क्रममा योजनाहरुलाई तिब्र गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् ।
अहिले योजनाका कामहरु निरन्तर भइरहेकाले आवश्यकता अनुसार जिल्लामा अरु योजनाहरुको पनि माग अनुसार बजेट विनियोजन गरिने बताएका छन् ।

उक्त अनुगमन टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री सोडारी, सुदूरपश्चिम प्रदेश अर्थराज्य मन्त्री माया तामाङ बोहरा र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरु रहेका छन् ।