के तपाईंको ब्लड प्रेसर सधैँ ‘लो’ हुन्छ ? जान्नुहोस् कारण, लक्षण र बच्ने तरिका

लो ब्लड प्रेसर अर्थात कम रक्तचाप अहिले धेरैका लागि आम समस्या बनिसकेको छ । व्यस्त दिनचर्याका कारण अधिकांश मानिस स्वास्थ्यमा ध्यान दिनबाट चुकिरहेका छन् । योसँगै बढ्दो उमेरसँगै रक्तचापसँग जोडिएका समस्या सुरु हुन्छ । रक्तचाप कम हुने कारण, लक्षण र यबाट बच्ने तरिका यस्ता छन् :
‘लो ब्लड प्रेसर’ के हो ?
लो ब्लड प्रेसरलाई ‘हाइपोटेन्सन’ पनि भनिन्छ । यदि तपाईंको ब्लड प्रेसर ९०-६० एमएम एचजी छ भने यसलाई ब्लड प्रेसर कम भएको मानिन्छ । सामान्यतया हाम्रो बल्ड प्रेसर १२०-८० एमएम एचजी हुनुपर्छ ।
एक दिनमा कयौंपटक ब्लड प्रेसरमा घटबढ हुन सक्छ । यो एकदम सामान्य प्रक्रिया हो । यही प्रक्रियाकै कारण हाम्रो मष्तिष्क, मुटु र फोक्सोले पर्याप्त रगत तथा अक्सिजन पाउँछन् ।
व्यक्ति कुन शारीरिक पोजिसनमा बसिरहेको छ भन्ने कुराले पनि ब्लड प्रेसरमा फरक पारिरहेको हुन्छ । उदाहरणका लागि सुतिरहेको समय या जुरुक्क उभिएपछि ब्लड प्रेसर कम हुन्छ । यसमा चिन्ता लिनुपर्ने विषय छैन । तर, लो ब्लड प्रेसरले तपाईंको शरीरमा भइरहेको अर्को समस्यालाई पनि उजागर गरिदिन सक्छ ।
अधिकांशको एकैपटकमा पेटभरी खाने बानी हुन्छ । जुन निकै हानीकारक हुन्छ । त्यही खाना दुई–तीन पटकमा थोरै–थोरै मात्रा मिलाएर खान सकिन्छ । यसले बल्ड प्रेसर नर्मल बनाउँछ ।
यस्ता छन् लो ब्लड प्रेसरका लक्षण :
– दृष्टि धमिलो हुनु
– द्विविधा हुनु
– चिसो महसुस हुनु
– तिर्खा लाग्नु
– डिप्रेसन
– श्वासप्रस्वासको गति कम या ज्यादा हुनु
– थकान
– रिंगाटा लाग्नु
– पसिना आउनु
– बेहोसी
– सक, स्ट्रोक या मुटुसम्बन्धी गम्भीर बिमारी हुँदा पनि ब्लड प्रेसर कम हुन सक्छ ।
लो ब्लड प्रेसरलाई कसरी नर्मल बनाउने ?
– शरीरमा पानीको मात्रा कम हुन नदिने : शरीरमा पानी कम हुँदा पनि ब्लड प्रेसर कम हुन्छ । दैनिक कमसेकम सातदेखि आठ गिलास पानी पिउनु उपयुक्त हुन्छ ।
– भरपूर मात्रामा पौष्टिक आहारको सेवन : लो ब्लड प्रेसर शरीरमा पौष्टिक तत्वको कमीको पनि साइड इफेक्ट हो । भिटामिन बी १२, फोलिक एसिड, आइरनको कमीले गर्दा रगतको पनि कमी हुन सक्छ । यसले ब्लड प्रेसर कम हुने सम्भावना हुन्छ ।
– एकैपटकमा धेरै खानेकुरा सेवन नगर्ने : अधिकांशको एकैपटकमा पेटभरी खाने बानी हुन्छ । जुन निकै हानीकारक हुन्छ । त्यही खाना दुई–तीन पटकमा थोरै–थोरै मात्रा मिलाएर खान सकिन्छ । यसले बल्ड प्रेसर नर्मल बनाउँछ ।
– खानामा नुनको मात्रा कम : सोडियमले ब्लड प्रेसर बढाउन सहयोग पु¥याउँछ । त्यसैले नुनको सेवन धेरै गर्नाले ब्लड प्रेसर पनि बढ्न सक्छ । तर, यो तरिका अपनाउनुअघि डाक्टरको सल्लाह लिन जरुरी छ ।
– रक्सी सेवन नगर्ने : रक्सी सेवन गर्नाले हाम्रो शरीरलाई धेरै कोणबाट नोक्सान गरिरहेको हुन्छ । रक्सी पिउँदा डिहाइड्रेसन हुन्छ । जसले ब्लड प्रेसर कम हुन सक्छ ।
– डाइबिटिजको जाँच गराउनु : डाइबिटिज र हाइ ब्लड सुगर हुँदा पनि ब्लड प्रेसर लो हुन सक्छ । त्यसकारण ब्लड प्रेस लो भइरहने समस्या भएमा डाइबिटिज जाँच गराउन पनि आवश्यक हुन्छ ।
– थाइराइडको जाँच : डाइबिटिजसँगै थाइराइडको समस्याले पनि ब्लड प्रेसर लो गराउने हुँदा यसको पनि जाँच गराउनु जरुरी हुन्छ ।
– इन्फेक्सनबाट बच्नु : कुनै पनि किसिमका भाइरल, फंगल या ब्याक्टेरियल यन्फेक्सन भएमा यसबाट जति सक्दो चाँडो छुटकारा पाउने कोशिस गर्नुपर्छ । यसले पनि ब्लड प्रेसर कम गर्न सक्छ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया