बझाङमा जिप दुर्घटना, चालकसहित ४ जना घाइते

सुनिल मण्डेल, बझाङ (नागरिक समाचारदाता) । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको सुपप्र ००१ ज १२१९ नम्बरको जिप मष्टा गाउँपालिका–२, बाडे गाउँको तल्लो मोडमा शुक्रबार राति दुर्घटना भएको हो ।
९ जना सवार जिप दुर्घटनामा मष्टा गाउपालिका–७ कि १८ वर्षीया कमला द्वाल , ४५ वर्षीय गोरख द्वाल, अंगबहादुर बोहरा र जिप चालक शान्त बोहरा छन् । यीमध्ये एकको अवस्था गम्भीर छ ।
जिप सडकबाट करिब २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया