NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रुसमा व्यापार गरिरहेका स्विस कम्पनीप्रति जेलेन्स्कीको आक्रोश

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्विट्जरल्यान्डमा एक भिडियो लिंकमार्फत सम्बोधन गरेका छन् । यस क्रममा उनले स्विट्जरल्यान्डका केही कम्पनीको आलोचना पनि गरेका छन् ।

स्विट्जरल्यान्डको संसदअगाडि भिडियोमार्फत एक र्‍यालीलाई सम्बोधन गर्दै जेलेन्स्कीले केही कम्पनीले रुससँग व्यापारिक सम्बन्ध बनाएको भन्दै उनले नेसललाई निशाना बनाएका हुन् ।

यसको उत्तरमा नेसलले रुसमा व्यापार कटौती गरेको जनाएको छ । तर रुसी सर्वसाधारणलाई आवश्यक खाद्यान्न सामाग्रीको निर्यात जारी राख्ने र त्यहाँ रहेका आफ्ना कर्मचारीलाई पनि सहयोग जारी राख्ने बताएको छ ।

तर, कम्पनीले रुसमा हालको कामबाट कुनै फाइदा नपाएको, देशमा थप लगानी नगरेको र उत्पादन बिक्री गर्न प्रवद्र्धन नगरेको पनि बताएको छ । राष्ट्रपति जेलेस्न्कीले स्वीस बैंकहरूलाई आफूसँग जम्मा भएको रुसी पैसा रोक्का गर्न पनि अपिल गरेका छन् ।

स्विट्जरल्याण्डमा भएको उक्त र्‍यालीमा हजारौं मानिसको सहभागिता रहेको थियो । देशका राष्ट्रपति इग्नाजियो क्यासिस पनि ब्यानर बोकेर मञ्चमा उभिएको देखिएको थियो । त्यसमा लेखिएको थियो- ‘हामी युक्रेनको साथ छौं, युद्ध तत्काल बन्द गर्नुपर्छ ।’

रुस-युक्रेन युद्ध १९ औं दिनमा

ताजा अपडेट

नेपालवाच विशेष