रुसले बाल्टिक राष्ट्रका १० कूटनीतिज्ञ निष्कासन गर्यो
मस्को । रुसले तीन बाल्टिक राष्ट्रहरुबाट १० कूटनीतिज्ञलाई निष्कासन गरेको छ । जसमा इस्टोनिया र लात्भियाका तीन तीन जना गरी छ जना र लिथुआनियाका चार कूटनीतिज्ञ छन् । लात्भिया, इस्टोनिया र लिथुआनियाले मार्च महिनाको सुरुमा १० रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।
रुसले पनि यसैको बदलास्वरुप ती कूटनीतिज्ञलाई हटाएको हो । यी तीन वटै देश नेटाेका सदस्य हुन् ।
रुसले युक्रेनमा युद्ध सुरु गरेपछि विश्वका विभिन्न देशले रुसमाथि धेरै प्रतिबन्ध लगाउने, कूटनीतिज्ञलाई देशबाट निकाल्ने गर्दै आएका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया