हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न मंगलबार दिएको अन्तरिम आदेशलाई आजका सबै दैनिक पत्रिकाले मुख्य समाचार बनाएका छन् ।
कान्तिपुरले ‘गभर्नर फर्किए, नैतिक कठघरामा अर्थमन्त्री’ शीर्षकमा मुख्य समाचार बनाएको छ । सहकार्य गर्न अयोग्य ठानेका गभर्नर अदालतको आदेशसहित राष्ट्र बैंक फर्किएपछि अर्थमन्त्री जनार्दन शर्मा नैतिक कठघरामा उभिएको कान्तिपुरले लेखेको छ ।
अन्नपूर्णले पनि गभर्नर अधिकारी फर्किएपछि अर्थमन्त्री शर्मा अप्ठ्यारोमा परेको निचोड निकालेको छ ।
यसबाहेक स्थानीय तह निर्वाचन, जनप्रतिनिधिबारे सर्वोच्च अदालतले दिएको फैसलालगायत समाचारलाई पनि आजका अखबारहरूले पहिलो पृष्ठमा समेटेका छन् ।
प्रतिक्रिया