पब्जीमा एसियाड खेल्दै नेपाली

काठमाडौं । सरकारले बालबालिका र युवामा समस्या बढेको भन्दै पब्जीमा तीन वर्षअघि प्रतिबन्ध लगाएको थियो । तर त्यो निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदियो । यही अनलाइन गेममा नेपाली टिमले एसियाली खेलकुद (एसियाड) मा प्रतिस्पर्धा गर्ने भएको छ । ओलम्पिकपछिको प्रतिष्ठित एसियाडमा सहभागी हुने नेपाली टिमको छनोट अहिले भइरहेको छ, जहाँ ६४४ टिम भर्चुअल युद्ध लडिरहेका छन् ।
सोमबार सुरु प्रारम्भिक छनोट एक साता चल्नेछ । त्यसपछि छनोट भएका १६ टिमले वैशाख १४–१९ मा सेमिफाइनल्स खेल्नेछन् । जसको विजेताले देशको प्रतिनिधित्व गर्दै चीनको हाङझाउमा भदौ २५ देखि असोज ९ सम्म हुने १९ औं एसियाडमा प्रतिस्पर्धा गर्नेछ ।
कोभिड–१९ महामारीपछि अनलाइन गेम खेल्नेको संख्या निकै बढेको छ । प्लेयरअननोन ब्याटल ग्राउण्ड्सको छोटो नाम पब्जीले चर्चित यस अनलाइन गेमको स्थानीय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता पनि बाक्लिँदै गएको छ, कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया